सदाबहार खबरको रफ्तार ....
बैसाख २३, २०८१ आइतबार
May 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिचालीस वर्षपछि घुम्यो रोटेपिङ

२०७९ असोज १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एक, दुई, पाँच, १०, २० हैन ४३ वर्षपछि दशैँमा रोटेपिङ हालिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं। १० मकैटारमा ४३ वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैँ आएको भन्दै खुसी साटासाट गरेका छन् ।

यसअघि विक्रम संवत् २०३६ को दशैँमा रोटेपिङ हालेपछि सो कार्य रोकिएको थियो । त्यतिबेला स्थानीय वीरबहादुर खत्रीले रोटेपिङ हाल्ने नेतृत्व गर्थे । उनको निधन भएपछि रोटेपिङ हाल्न रोकिएको राजेन्द्र कुँवरले स्मरण गरे ।

उनका अनुसार हरेक वर्ष रोटेपिङ हाल्ने कुरा गरिन्थ्यो तर व्यवहारमा ल्याउन सकिएको थिएन । उनले भने “अहिले बनेपछि आफ्नो पुस्ताले रोटेपिङ कसरी बन्छ भन्ने कुरा नजिकबाट हेर्न पाएको छ ।”रुख काट्ने, चिरान गर्ने र रोटेपिङ हाल्ने काम पाँच दिनमा पूरा भएको उनले बताए । त्यतिबेला बुवा, हजुरबुवाले रोटेपिङ बनाएको हेरेर त्यसलाई स्मरण गर्दै रोटेपिङ बनाउन सफल भएको बताए ।

स्थानीय साधनकै प्रयोग गरेर बनाइएको रोटेपिङको जनश्रमदानबाहेक २० हजार रुपियाँ खर्च भएको र त्यसको जोहो स्थानीयस्तरबाटै गरेको उनले बताए । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

तेह्र प्रतिशतले बढ्यो पर्यटक आगमन

कक्षा ८ को नतिजा निराशाजनक

उद्धार गरिँदै सडक बालबालिका

सुदूरपश्चिममा विश्वासको मत दिन एमालेको आनाकानी

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

बागमतीको बजेट अधिवेशन वैशाख ३१ गते

भीमा मृत्यु प्रकरणः विशेषज्ञबाट पोष्टमार्टम गराउन अदालतको आदेश

प्रविधिमैत्री सेवा विस्तार गर्न सुझाव

इन्टरनेट सेवा सुनिश्चित गर्न निर्देशन

मत्थर भएको छैन नेपालको असन्तुष्टि