सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

ओली–नेपाललाई कांग्रेसको ‘प्रधानमन्त्री अफर’

२०८१ बैसाख २३, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः वर्तमान सत्तारुढ गठबन्ध भत्काउने गृहकार्यमा जुटेको नेपाली कांग्रेसले सत्तारुढ दलका दुई नेतालाई प्रधानमन्त्री बन्न अफर गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमालेबाटै विभाजन भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसले प्रधानमन्त्री बन्न अफर गरेको हो ।

संघीय र प्रदेश सरकारबाट बाहिरिएपछि कांग्रेस सत्तामा पुग्न प्रधानमन्त्री बन्न नेताहरुलाई अफर गर्दै अहिलेको गठबन्धन भत्काउन खोजेको छ । गत २१ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससंगको सत्तासहकार्य तोडेर एमालेसंग मिलेका थिए । त्यस यता चिढिएको कांग्रेस जसरी पनि अहिलेको गठबन्धन भत्काउँने र प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्यमा छ ।

तर प्रधानमन्त्रीको अफर दिदै हिडेको कांग्रेस भित्रै एकमत छैन् । कांग्रेस सभापति शेरबहादुर देउवा समूहले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री बनाएर गठबन्धन भत्काउन खोजेका छन् । अर्को तर्फ कांग्रेस नेता शेखर कोइराला समूहले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न अफर गरेको छ ।

पछिल्लो समय यही बिषयमा नेताहरुका बीचमा ‘कोठे’ छलफल तिब्ररुपमा भईरहेको छ । सत्तारुढ गठबन्धनभित्रको आन्तरिक समस्या एवं असन्तुष्टिकै बीचमा कांग्रेसले जसरी पनि यो गठबन्धन भत्काउन खोजेको छ । कांग्रेसले दुई बिकल्प सहित प्रचण्ड नेतृत्वको सरकारको विस्थापन गर्न खोजेको छ । दुई ‘प्लान’ सहित छलफलमा रहेको कांग्रेस दुबै मध्ये जुन प्रस्तावमा सहमती जुटे उही प्रस्तावलाई कार्यान्वयन गर्न तयार छ ।

कांग्रेस नेता कोइरालाले ओलीलाई पहिलो कार्यकाल प्रधानमन्त्री बन्न र त्यसपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका छन् । तर ओलीले यस ’बारेमा कुनै जवाफ दिएका छैनन् । कोइरालाले यस ’बारेमा ओलीसंग उनकै निवास बालकोटमै घण्टौ छलफल गरेका छन् ।

एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन भत्काउने प्रत्यन भइरहेको जनाएका छन् । एमाले पश्चिम नवलपरासीको ९औं जिल्ला अधिवेशनलाई सुनवलमा उद्धघाटन गर्दै अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सूरु भइसकेको बताए । देशी विदेशी शक्तिहरु गठबन्धन भत्काउन लागिपरेको बताउँदै उनले एमाले यही गठबन्धन टिकाउने पक्षमा रहेको बताए । प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकता नै नपर्ने दाबी उनको छ ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास

एक वर्षमा ८ लाखले छोडे देश

करार सम्बन्ध सुधारको पहलबाट साउदीमा १० लाख कामदार लाभान्वित

सरकारी सेवा एकै स्थानबाट दिने तयारी

देखिएन लगानीको छनक

आजपा र भन्सार विभागका बीचमा ६ बुँदे सहमती

सर्वोच्चले मागेको विवरण मालपोत र नापीले बुझाउन सकेनन्