सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मत्थर भएको छैन नेपालको असन्तुष्टि

२०८१ बैसाख २१, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एमालेसहितको नयाँ सत्तागठबन्धन बनेको दुई महिना बित्दासमेत साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि मत्थर भएको छैन । बरु समाजवादीका नेताहरू गठबन्धनकै भविष्यबारे  सार्वजनिक रूपमै प्रश्न उठाउन थालेका छन् ।

अध्यक्ष नेपालले केही दिनअघि प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो पार्टीले जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी दिएका थिए । अर्कोतर्फ नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद बढाएका छन् । आफू प्रधानमन्त्री बन्ने सर्तमा नेपाल गठबन्धन तोड्न र बनाउन तयार रहेको उनकै पार्टीका नेताहरूले बताएका छन् ।

‘अहिले सैद्धान्तिक रूपमा बनेको गठबन्धन होइन । यो संसद्को अंकगणित र ओलीको गठबन्धन भत्काउने सर्तअनुसार बनेको हो । एकीकृत समाजवादीले नेतृत्व गर्ने सवालमा कुनै पनि गठबन्धन तोड्न र बनाउन हामी खुला छौँ,’ प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले  भने ।

राजनीति जता पनि मोडिन सक्ने अध्यक्ष नेपालको भनाइ छ । ‘अहिले हामी यो गठबन्धनमा छौँ । मनको चैन भइराख्या छैन । व्यवहारमै समस्या होला । अब कुन दिन के भइहाल्ने हो भन्न सक्ने स्थिति छैन,’ बुधबार पार्टीको चितवन जिल्ला अधिवेशन उद्घाटन गर्दै नेपालले भने ।

समाजवादीका संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले वर्तमान गठबन्धनको भविष्य लामो नभएको बताए । ‘यो सरकारको आयु लामो छैन । विकल्पबारे छलफल सुरु भइसकेको छ । परिपक्व हुन केही समय लाग्छ,’ उनले भने ।

नेपाल ओलीप्रति आक्रामक हुँदा पछिल्लो समय प्रधानमन्त्री प्रचण्डप्रति भने नरम छन् । पार्टी कार्यालय आलोकनगरमा आयोजित कार्यक्रममा उनले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिलाउन प्रधानमन्त्रीले भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए ।नयाँ पत्रिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नार्कले दियो ड्रोन उडाउने तालिम

चीनबाट कार आयात

सहकारी ठगी मुद्दामा एकमत विपक्षी दल

‘डंकी रुट’ बाट अमेरिका जान लाखौं डुबाउँदै युवा

छिचोलियो लेनडाँडा सुरुङमार्ग

कर्मचारी सरुवा बाह्रैमास

एक वर्षमा ८ लाखले छोडे देश

करार सम्बन्ध सुधारको पहलबाट साउदीमा १० लाख कामदार लाभान्वित

सरकारी सेवा एकै स्थानबाट दिने तयारी

देखिएन लगानीको छनक

आजपा र भन्सार विभागका बीचमा ६ बुँदे सहमती

सर्वोच्चले मागेको विवरण मालपोत र नापीले बुझाउन सकेनन्