सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एक वर्षमा पाँच गुणाले बढ्यो क्यूआर कोडबाट हुने भुक्तानी

२०७८ पुष ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो एक वर्षको अवधिमा क्यूआर कोड मार्फत हुने भुक्तानी पाँच गुणाभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।

२०७७ मंसिर महिनामा क्यूआर कोड मार्फत कूल एक अर्ब २५ करोड ५५ लाख ७३ हजार रुपैयाँभन्दा बढीको भुक्तानी भएकोमा यस वर्षको मङ्सिरमा बढेर छ अर्ब २८ करोड  २२ लाख ७८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै अन्य डिजिटल भुक्तानी तर्फ मङ्सिरमा कनेक्ट आईपीएसमार्फत दुई खर्ब २८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै डिजिटल वालेटमार्फत १५ अर्ब ५२ करोड ७६ लाख, मोबाइल बैंकिङ मार्फत ८८ अर्ब ५३ करोड १४ लाख, र इन्टरनेट बैंकिङ मार्फत १२ अर्ब ७३ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी कार्डमार्फत ई-कमर्सको ३५ करोड चार लाख रुपैयाँ भुक्तानी अनलाइनमार्फत भएको छ ।  टेकपानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गुगलको पाइथान टिम बर्खास्त

एनसेलले ल्यायो भारत, चीन र बङ्गलादेश भ्रमणमा जानेका लागि डेटा रोमिङ

समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !

स्वतन्त्र पत्रकार संघ केन्द्रिय टोली भक्तपुरमा

कल सेन्टरमा एआइको प्रयोग हुदै, लाखौं बेरोजगार हुदै

इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने

सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने

टेस्लाले थप २६ सय कर्मचारी हटाउने

कनेक्ट आईपीएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

एयरपोर्टमा इडुरोम सञ्चालनमा ल्याइने

एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाखलाई रोजगारी दिने

पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण (एटलस) नक्सा