सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इजरायल–हमास सम्झौताका लागि वातावरण बनाउन अमेरिका ‘कटिबद्ध’ छ : ब्लिन्केन

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायली नेतृत्वसँग वार्ता सुरु गर्दै बुधबार हमासलाई युद्धविराम सम्झौता स्वीकार गर्न पुनः आह्वान गर्नुभएको छ ।

“यो कठिन समयमा पनि हामी युद्धविराम गर्न कटिबद्ध छौँ । युद्धविरामले बन्धकहरूलाई घर ल्याउन वातावरण बनाउनेछ । यो हासिल हुन नसक्नुको एक मात्र कारण हमास हो,” ब्लिन्केनले इजरायली राष्ट्रपति इसाक हर्जोगसँगको भेटमा भन्नुभयो ।

इजरायलले गाजामा आफ्नो आक्रमण अस्थायी रूपमा रोक्ने र अक्टोबर ७ मा कब्जामा लिएका बन्धकहरूको बदलामा प्यालेस्टिनी कैदीहरूलाई मुक्त गर्ने प्रस्तावको हमासले जवाफ दिने तयारी गरेको छ ।

भ्रमणका क्रममा ब्लिन्केनले गाजा पट्टीमा सहायता बढाउन प्रयास गरिरहनुभएको छ भने संयुक्त राष्ट्रसङ्घले खाद्यान्नको चरम अभावका कारण आसन्न अनिकालको चेतावनी दिएको छ ।

उहाँले बुधबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई भेट्ने कार्यक्रम छ । इजरायलले हालै सहायताका लागि खुला गरेको गाजा नजिकैको बन्दरगाह अशदोदलगायत बन्दरगाहलाई बन्द गर्ने तयारी गरिरहनुभएको छ ।

ब्लिन्केनले हर्जोगसँग भन्नुभयो, “हामीले यस क्रसफायरबाट पीडित मानिसहरूमा पनि ध्यान केन्द्रित गर्नुपर्छ ।”

मङ्गलबार ब्लिन्केनले इजरायल र गाजाको बीचमा भर्खरै खोलिएको एरेज सीमातर्फ खाद्यान्नलगायत अन्य आधारभूत सहायता सामग्री बोकेका जार्डनी गाडी (ट्रक) र सहायताकर्मीलाई बिदाइ गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानी राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा

अन्तर्राष्ट्रिय अदालतलाई नेतान्याहुको प्रश्न- हमास र इजरायललाई तुलना गर्ने साहस कसरी गर्‍यो ?

रफाहमा तिब्र सैन्य कारबाही हुन्छ: इजरायल

विकिलिक्सका संस्थापक असान्जलाई अदालतको राहत

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

चुनावी महासंग्रामः पाँचौँ चरणमा ६३ प्रतिशत मतदान, छैटौँ चरणको मतदान शनिबार

भारतको छत्तीसगढमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

भारतमा लोक सभाका लागि गरिएको पाँचौ चरणको मतदान हुँदै, मध्यान्नसम्म ३६.७३ प्रतिशत मतदान

इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?

खराब मौसमका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी