सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

२०८१ बैसाख ११, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ ।

आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा रहेकी छन् । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नु हुनेछ भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम छ ।

नेपाली समाज जर्मनीले फ्र्यान्कफर्टमा आयोजित नेपाल डेको अवसरमा एकल चित्रकला प्रदर्शनी आयोजना गर्न चित्रकार यादवलाई नेपालबाट आमन्त्रण गरेको थियो । नेपाली समाजले प्रत्येक वर्ष अप्रिल २० तारिखमा नेपाल डे मनाउँदै आएको छ । त्यस अवसरमा रन्जु यादवका २४ वटा चित्रहरु प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा चित्रकार यादवले नेपालमा मिथिला कलाको विकास, आफ्नो कला यात्रा र समाज रुपान्तरणमा आफ्ना चित्रहरुको प्रभावबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले चित्रकार यादवको चित्रकला प्रदर्शनीले नेपाली कला संस्कृतिको जर्मनीमा प्रवद्र्धन हुने र यसले फ्र्यान्कफर्टजस्तो अन्तर्राष्ट्रिय सहरमा नेपालको सांस्कृतिक कुटनीतिमा सघाउ पुग्ने विचार व्यक्त गरे ।
राजदूत खड्काले जर्मनीमा मिथिला चित्रकला प्रदर्शनी आयोजना गर्न भूमिका खेलेको नेपाली समाज र चित्रकार यादवमाथि आफूलाई गर्व लागेको बताए ।

नेपाली समाजका अध्यक्ष शिव अधिकारीका अनुसार जर्मनीका विभिन्न सहरबाट आएका करिब दुई सय पचास जना नेपाली र जर्मन नागरिकहरु कार्यक्रममा सहभागी थिए भने उनीहरुले चित्रकार यादवको एकल चित्रकला प्रदर्शनीलाई गम्भीरतापूर्वक अवलोकन गरेका थिए ।

अध्यक्ष अधिकारीले नेपाली समाजले फ्रयान्कफर्टमा नेपाल डे आयोजना गरेर नेपालबारे जर्मनीमा प्रचारप्रसार गर्नुका साथै दुई देशका नागरिकहरुलाई जोड्ने काम गरेको बताए ।

त्यस अवसरमा उनले राजदूत खड्का, चित्रकार यादव, फ्रयान्कफर्ट सहरको मेयर कार्यालयका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरुलाई उनीहरुको गरिमामय उपस्थितिका लागि धन्यवाद दिए ।  नेपाल डेको अवसरमा नेपाल, युक्रेन र भियतनामका कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए । एक जना बलिउड कलाकारले एउटा नेपाली गीतमाथि आफ्नो प्रस्तुति दिएका थिए ।

त्यस अवसरमा जर्मनीमा बस्ने नेपाली बालबालिका लागि नेपाल चिनाउने कार्यक्रम राखिएको थियो भने सम्पूर्ण अतिथि र सहभागीलाई परम्परागत नेपाली खानाका परिकारहरु पस्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पन्ध्रौं डी सिने अवार्डमा मकवानपुरका गौतम पुरस्कृत

न्युजिल्यान्डमा बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” लोकार्पण

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा