सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

२०८१ बैसाख ६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल पत्रकार महासंघ मुगु शाखाले ‘विनोद–सुमन’ क्रियासील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशन तथा १३औँ साधारण सभामा महासंघका संस्थापक अध्यक्ष विनोद कुमार मल्ल र शाखाका पूर्वअध्यक्ष स्वर्गीय सुमन मल्लको नामबाट यो पुरस्कारको घोषणा गरिएको हो ।

मुगु जिल्लामा क्रियाशील पत्रकारमध्यबाट समावेशीलाई आधार मान्दै शाखाको जिल्ला अधिवेशनको बेला दुई जना पत्रकारलाई पुरस्कृत गरिने बताइएको छ । पुरस्कार रकम जुटाउन र पुरस्कृत पत्रकार छनोट गर्न शाखाले कार्यविधी बनाइ कार्य अगाडि बढाइने छ ।

संकलित रकम एउटा अक्षयकोष स्थापना गरेर त्यसैमा जम्मा भएको रकमबाट आएको ब्याजबाट पत्रकारलाई पुरस्कृत गरिने र यो कोष कम्तिमा पाँच लाखको बनाइने पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए ।

उद्घाटन सत्रमा लामो समयदेखि पत्रकारिता गरिरहेका शाखामा आबद्ध तीन जना पत्रकार र शाखालाई विभिन्न समयमा आर्थिक, भौतिक तथा क्षमता विकासमा सहयोग गर्दै आएका ४ स्थानीय तह, १ गैरसरकारी संस्थालाई पनि सम्मानित गरिएको थियो ।

सम्मानित हुने पत्रकारहरुमा नयाँ पत्रीका राष्ट्रिय दैनिका जिल्ला समाचारदाता अच्युतराज भण्डारी, न्युज २४ मुगु समाचारदाता दानबहादुर बुढा र समाचार पत्र दैनिकका मुगु जिल्ला समाचारदाता वीरबहादुर बम रहेका छन् । स्थानीय तहहरुमा छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकालाई पनि पत्रकार महासंघ मुगुले सम्मान गरेको थियो । गैरसरकारी संघ संस्थाहरुमध्यबाट हिमाली ग्रामीण युवा समाज विकास केन्द्र ९हिरिसडेक० मुगुलाई सम्मानित गरिएको थियो ।

उद्घाटन सत्रको प्रमुख अतिथिमा समन्वय उपप्रमुख नैली कार्की, विशिष्ट अतिथिमा छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भाम, विशेष अतिथिमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका प्रतिनिधि विमल हमाल, सोरु गाउँपलिकाका उपाध्यक्ष केशरजंग शाही, सहायक प्रमुख जिल्ला अधिकारी हरि बहादुर खत्री र अतिथिहरुमा नेपाल निजामति कर्मचारी, नेपाल कर्मचारी युनियन केन्द्रिय उपाध्यक्ष कृष्णबहादुर सेजुवाल, ट्रेड युनियन मुगु अध्यक्ष रेशम बहादुर रावल, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु, शिक्षक महासंघ मुगुका अध्यक्ष विष्णुमाया भाम, गैरसरकारी महासंघका मुगु अध्यक्ष कर्णजंग शाही, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमलबहादुर बुढा, बौद्धिक व्यक्तित्व देवबहादुर मल्ल र नागरिक अगुवा रुपबहादुर मल्ल रहेका थिए ।

उद्घाटन सत्रपछि सुरु भएको शाखाको बन्द सत्रमा सचिव जीवन सेजुवालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुकमाया शाहीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै पाँच बुँदे प्रस्तावका अन्य निर्णय पनि सर्वसम्मत पारित गरेको थियो । मुगु शाखाको सातौँ जिल्ला अधिवेशन तथा १३औँ साधारण सभाको उद्घाटन र बन्द दुवै सत्र महासंघका केन्द्रिय प्रतिनिधि विमल हमालको रोहभरमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पन्ध्रौं डी सिने अवार्डमा मकवानपुरका गौतम पुरस्कृत

न्युजिल्यान्डमा बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” लोकार्पण

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’