सदाबहार खबरको रफ्तार ....
जेठ ६, २०८१ आइतबार
May 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेता महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

२०८१ बैसाख ५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोद्वारा लिखित ‘अधुरा क्रान्ति’ सार्वजनिक गरिएको छ । उक्त पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा नेता महतो, विश्लेषक सिके लगायत विज्ञहरुले सामूहिकरुपमा विमोचन गर्नुभयो । नेता महतोले मधेस सङ्घर्ष र राजनीतिक जीवनमा भोगेका विभिन्न आयामलाई पुस्तकले उजागर गरेको छ । अधुरो क्रान्तिमा नेता महतोले आफ्नो राजनीतिक जीवन र मधेसमा उठेको विद्रोहको आवाजलाई बुझ्ने गरी उल्लेख गर्नुभएको छ ।

सो अवसरमा नेता महतोले अधुरो क्रान्ति उत्पीडनमा परेका जनताको पीडाको पुलिन्दा हो भन्नुभयो । “सात वर्षको मेहनतमा तयार गरिएको पुस्तकले उत्पीडनमा परेका जनताको भोगाइ, देखाइ र बुझाइका विषयवस्तुलाई समेटेको छ”, उहाँले भन्नुभयो ।

मुलुकमा परिवर्तनका लागि हालसम्म भएका सबैखाले क्रान्ति र सङ्घर्षले उत्पीडनमा परेका जनतालाई न्याय दिन नसकेकाले दाबी गर्दै नेता महतोले ती अधुरा क्रान्तिलाई सम्बोधन गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकल सोच र चिन्तनबाट राज्यसञ्चालन गरिएको जिकिर गर्दै उहाँले सबै जातजाति, भाषाभाषी, वर्गत र समुदायको भावनालाई राज्य सञ्चालनको हिस्सेदारी हुनुपर्ने धारणा राख्नुभयो ।

पुस्तकको टिप्पणी गर्दै विश्लेषक सिके लालले अधुरो क्रान्तिले करिब ६५ वर्षे नेपालको राजनीतिक घटनाक्रमलाई मधेसको आँखाबाट हेरिएको र मधेस आन्दोदलनका आयामलाई क्रमबद्ध गरिएको उल्लेख गर्नुभयो । उहाँले मधेसका मुद्दालाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने अन्य मधेसी नेताहरुलाई पुस्तकमा नसमेटिएको टिप्पणी गर्नुभयो ।

प्रा डा बालकृष्ण माबुहाङ्ले मधेसको राजनीतिक सङ्घर्ष र मधेसी जनताको पीडालाई उजागर गरिएको पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको बताउनुभयो । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले मधेसी जनताको मुक्तिका लागि सङ्घर्ष गरेका नेता महतोको पुस्तक अधुरो क्रान्ति आधुनिक राजनीतिक इतिहासको साक्षीको रुपमा आएको उल्लेख गर्नुभयो । मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालमा वैचारिक, सामाजिक न्यायको क्रान्ति अधुरो छ भन्ने पुस्तकले प्रमाण पेस गरेको छ ।

पूर्वराजदूत महेश दाहालले मधेसको समग्र समस्या बुझ्न पुस्तक उपयोगी हुने बताउनुभयो । अभियान्ताद्वय सुमन सायमी र बुद्धछिरिङ मोक्तानले मधेसका अधुरा क्रान्तिलाई पूरा गर्न पुस्तकले प्ररित गर्ने धारणा राख्नुभयो ।
पुस्तकमा ‘माटो र बाटोको पहिचान’, ‘भाषिक सङ्घर्ष’, ‘पहिचानको सङ्घर्ष’, ‘उदगम र उपेक्षा’, ‘सङ्गत’, ‘विभेदको अन्त्यहीन दुष्चक्रलगायत’ लगायत शीर्षकमा लेख समावेश छन् । पाइन प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको तीन सय ८१ पृष्ठको उक्त पुस्तकको मूल्य रु सात सय ७० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पन्ध्रौं डी सिने अवार्डमा मकवानपुरका गौतम पुरस्कृत

न्युजिल्यान्डमा बाल पुस्तक “नेपाली मातृभाषा क ख कोसेली” लोकार्पण

आचार्यलाई ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ प्रदान गरिने

गण्डकी प्रज्ञा–प्रतिष्ठानले सातजना स्रष्टालाई सम्मान गर्ने

महोत्तरीका वरिष्ठ पत्रकार गोपाल बराललाई प्रेस स्वतन्त्रता सेनानी पदवीवाट सम्मान

‘आमसञ्चारको परिचय’ पुस्तक बजारमा

लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक

मेयर बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’