सदाबहार खबरको रफ्तार ....
बैसाख १९, २०८१ बुधबार
May 1, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लकडाउनको सदुपयोग गर्दै सामुदायिक भवन निर्माणमा श्रमदान

२०७७ जेठ २, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीको फुर्सदलाई सदुपयोग गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका महिला श्रमदान गरेर सामुदायिक भवन निर्माणमा जुटेका छन् ।

पिप्लेस्थित रघुगङ्गा हाइड्रोपावरको आवास तथा कार्यालय नजिकै उदा आमा समूहको सामुदायिक भवन निर्माण गर्न स्थानीयवासी श्रमदानमा जुटेका हुन् । लकडाउनको फुर्सदको समय उपभोग र चन्दा सङ्कलन गरेर भवन निर्माण गर्न लागिएको आमा समूहका अध्यक्ष उदा मल्लले जानकारी दिए । “एक महिनायता आलोपालो गरेर भवन निर्माणका लागि श्रमदान गरिरहेका छन्”, उनले भने , “६० घरधुरीले हालसम्म २० दिनका दरले श्रमदान गरिसकेका छन् । भवन सकिँदासम्म थप १५ दिन श्रमदान गर्नुपर्ने अनुमान गरेका छौं ।”

गिट्टी कुट्ने, पर्खाल लगाउने, ढुङ्गा सङ्कलन गर्ने, काठ जुटाउने, ढुवानी गर्नका लागि उनीहरुले श्रमदान गरेका हुन् । घरायसी र खेतबारीको कामबाट बचेको समय भवन निर्माणमा उपयोग गरेको गरेको समूहकी सहसचिव दुर्गा शाहीले बताए । “बन्दाबन्दी र कोरोनाको त्रासले गाउँमा सामाजिक, सांस्कृतिक गतिविधि ठप्प भएका छन्”, उनले भने , “खेतबारीको काम पनि सकिएकाले फुर्सदको समयलाई भवन निर्माणमा लगाएका छौँ ।”

गत चैत महिनादेखि भवन निर्माण शुरु भएको थियो । भवन निर्माणका लागि समूहले ५ लाखमा करिब चार आना जग्गा किनेको थियो ।

एकतले भवनको पहिलो तला ढलानको तयारी गरेका छन् । मिस्त्री र ढलानको काममा भने मजदुर परिचालन गरेका छन् । २३ लाख लागत अनुमान गरिएको भवनका लागि चन्दासमेत जुटाउन थालिएको छ । हालसम्म सरकारी निकायबाट सहयोग लिएका छैनन् । भवनलाई आर्थिक स्रोतको कमी भएकाले श्रमदान गरेर भवन निर्माणमा सहयोग गरेको स्थानीयवासी गणेशप्रसाद सुवेदीले बताए ।

भवन नहुँदा व्यक्तिको घरमा भेला बैठक बस्ने गरेका छन् । समूहका भाँडाकुँडा पनि व्यक्तिकै घरमा राख्नुपर्दा असजिलो भएको छ ।

तीनकोठे भवन बनेपछि कार्यालय सञ्चालन, भण्डारणका साथै तालिम, गोष्ठी, बैठक सञ्चालन गर्न सहज हुने जनाइएको छ । भवन निर्माणका लागि सघाउन वडा, गाउँपालिका र दातालाई आमा समूहका पदाधिकारीले अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

आजको मौसमः कोशी, मधेस, लुम्बिनी, सुदुरपश्चिमका हावाहुरी चल्ने

एमालेको विजय सभाबाट फर्केको पिकअप दुर्घटना हुँदा १९ जना घाइते

सेनाको सफा हिमाल अभियानः २ टनभन्दा बढी फोहोर सङ्कलन

काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन आग्रह

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

कस्तो छ आजको मौसम ?

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

सेती नदीमा एक जना बेपत्ता

कलाकार लोहनीको निधन