सदाबहार खबरको रफ्तार ....
जेठ ८, २०८१ मंगलबार
May 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब

२०८१ बैसाख १९, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः शिथिलताबिच पनि चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रमा सुधार आउने देखिएको छ । खासगरी सेवा क्षेत्र विस्तार हुँदा अर्थतन्त्रले सुधारको गति लिने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान छ ।

कार्यालयले मङ्गलबार सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमानले अर्थतन्त्रमा ३.८७ प्रतिशतको वृद्धि भई अर्थतन्त्रको आकार साढे तीन खर्बले बढ्ने प्रारम्भिक अनुमान गरेको हो । त्यससँगै मुलुकको अर्थतन्त्रको कुल आकार उपभोक्ता मूल्यमा ५७ खर्ब चार अर्ब पुग्ने अनुमान कार्यालयको छ । गत आवमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको संशोधित अनुमान गरिएको छ ।

चालु आवको आठ महिनासम्मको तथ्याङ्कलाई आधार मानेर बाँकी अवधिमा पनि अर्थतन्त्र सामान्य रूपमै अघि बढ्ने अनुमानका आधारमा राष्ट्रिय लेखा तथ्याङ्क तयार गरिएको कार्यालयका सचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो । अर्थतन्त्रलाई १८ वटा क्षेत्रमा विभाजन गरी गरिएको अनुमानले अधिकांश क्षेत्रमा प्रगति भइरहेको देखिएको उहाँले बताउनुभयो ।

“विगतको तुलनामा धेरै सुधार देखिएको छ । अर्थतन्त्रमा समस्या रहेको चर्चाबिच सुधार आउनु सकारात्मक कुरा हो,” उहाँले भन्नुभयो । गत आवमा नेपालले १.९५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको कार्यालयले संशोधित अनुमान गरेको छ ।

वृद्धिदरमा सेवा क्षेत्र अगाडि

औद्योगिक समूह अनुसार चालु आवमा सेवा क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै हुने अनुमान गरिएको छ । अर्थतन्त्रमा ६२.९ प्रतिशत योगदान रहने अनुमान गरिएको यस क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत हुने प्रारम्भिक अनुमान छ, जुन अर्थतन्त्रको वृद्धिदरको तुलनामा बढी हो ।

यसबाहेक कृषि तथा खानी क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत हुने अनुमान गरिएको छ । गत आवमा यस क्षेत्रको वृद्धिदर केवल २.७२ प्रतिशत रहने अनुमान थियो । उत्पादन क्षेत्र समेटिने द्वितीय क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून अर्थात् १.२० प्रतिशत हुने अनुमान छ, जुन गत आवको तुलनामा अझ कम हो । गत आवमा यस क्षेत्रको वृद्धिदर १.४० प्रतिशत हुने अनुमान गरिएको छ ।

उद्योग र निर्माण क्षेत्र खुम्चिए

चालु आवमा उद्योग र निर्माणको क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको छ । कुल १८ वटा क्षेत्रमा गरिएको औद्योगिक वर्गीकरण अन्तर्गतका उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने अनुमान छ । त्यस्तै निर्माण क्षेत्रमा पनि २.०७ प्रतिशतको ऋणात्मक वृद्धिदर हुने अनुमान गरिएको छ ।

समीक्षा वर्षमा सबैभन्दा धेरै आवास तथा भोजन सेवाको २१.८४ प्रतिशत, विद्युत् ग्यासको १७.४४ प्रतिशत, यातायात तथा भण्डारण सेवाको ११.८९ प्रतिशत, वित्तीय तथा बिमासम्बन्धी सेवाको ७.८० र मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापको ५.५२ प्रतिशत वृद्धिदर हुने अनुमान छ । यसबाहेक बाँकी क्षेत्रहरूको वृद्धिदर पाँच प्रतिशत तल नै रहने अनुमान गरिएको छ ।

प्रतिव्यक्ति आय एक लाख ९५ हजार

चालु आवमा नेपालीको वार्षिक औसत आय करिब एक लाख ९५ हजार रुपियाँ पुग्ने अनुमान गरिएको छ । लेखा अनुमानका अनुसार यस आवमा नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुग्ने अनुमान रहेको छ, जुन गत आवको तुलनामा ५१ डलरले बढी हो । चालु आवमा यस्तो आय गणना गर्दा एक अमेरिकी डलरको विनिमय दर १३३ रुपियाँ ८२ पैसा कायम गरिएको छ ।  गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने तयारी

१० महिनामा ११ खर्ब ७७ अर्बको व्यापार घाटा

वैदेशिक छात्रवृत्तिमा पहुँचकै भर

पशुपतिको भेटी चोरी

समावेशी आयोगको हविगत !

त्रिदेशीय व्यापारिक सडकमा बेलिब्रिज

सुर्तीमा कर बढाउन नदिन उद्योगीको हस्तक्षेप

पन्ध्र बिघा सरकारी जग्गा व्यक्तिका नाममा

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, संसद् अवरोध गर्ने कांग्रेसको संकेत

संसदीय छानबिन समितिको कार्यादेशमा कसरत

७६ जिल्लामा द्रुत गतिको इन्टरनेट सेवा

अतिक्रमण गरेर बनाइएका ५१ घर–टहरा भत्काइए