काठमाण्डौः इलेक्ट्रिक बाइक र स्कूटर निर्माता ओकिनावाको कम्पनीले भारतमा विद्युतीय सवारीको बढ्दो क्रेजलाई ध्यानमा राख्दै नयाँ मोटरसाईकल बजारमा भित्र्याउन लागेको छ ।
कम्पनीका एमडी र संस्थापक जितेन्द्र शर्मा इलेक्ट्रिक बाइकको बारेमा केही महत्त्वपूर्ण जानकारी दिदै कम्पनिले बजारमा ल्याउन लागेको ओकी १०० नामको बाईक तयार हुन लगभग दुई बर्ष लागेको बताए ।
यो बाइकको उत्पादन चाँडै बजारमा मार्केटमा सुरु हुने बताएका छन् । ओकी १०० बाइकमा एल्युमिनियको प्रयोग गरीएकाले यो बाईकको वजन कम हुने छ । बाइकमा छुट्टाउन मिल्ने ली-आइन ब्याट्रीको प्रयोग गरीएको छ । यसलाई एक पटक पूर्ण चार्ज गरेपछी १ सय ५० किलोमिटरको दूरी पार गर्न सकिने कम्पनिले जनाएको छ ।
साथै बाईकमा द्रुत चार्जिंग, ब्याक-टु-ब्याक डिस्क ब्रेक र स्मार्टफोन कनेक्टिविटी जस्ता स्मार्ट सुविधाहरूको प्रयोगले यसलाई थप आकर्षक बनाउनेछ । यस बाईकको सबैभन्दा महत्त्वपूर्ण कुरा यस्को मूल्य रहेको हुँदा ओकि १०० भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक बाइकमा पर्ने कम्पनिको दावी छ ।
कम्पनीको ई-बाइक ओकी १०० स्थानीय कम्पोनेन्टको प्रयोग गरि बनाईने हुँदा यसको मूल्य भारतिय बजारमा १ लाख रूपैयाँ भन्दा कम हुने समेत कम्पनिले जनाएको छ ।
