काठमाण्डौं: सन् २०१८ डिसेम्बर २० मा प्रदर्शनमा आएको ‘केजीएफ’ फिल्मको रि लोड केजीएफ-२ को फस्टलुक सार्वजनिक गरेको छ ।
‘केजीएफ’ फिल्म शाहरुख खानको फिल्म ‘जीरो’ सँगै प्रदर्शनमा आएको थियो । केजीएफ फिल्मले शाहरुखको जीरोलाई पछि पार्दै बक्स अफिसमा थुप्रै रेकर्ड बनाएको थियो । उक्त फिल्मले खुबै प्रशंसा पाएको थियो ।
फिल्म सकिएपछि अर्को भाग अर्थात च्याप्टर २ को प्रतिक्षामा दर्शकहरु बसिरहेको बेला केजीएफ-२ को फस्टलुक सार्वजनिक भएको हो ।
फिल्म निर्माण टिमले शनिबार फिल्मको फस्टलुक सार्वजनिक गर्दै फिल्म सन् २०२० जुलाईमा प्रदर्शनमा आउने जानकारी दिएको हो ।
फिल्ममा बलिउड सुपरस्टार सञ्जय दत्तको पनि आगमन हुनेछ । प्रशान्त निलको निर्देशन रहेको यस फिल्ममा यश, सञ्जय दत्त, रवीना टन्डन, श्रीनीदि शेट्टी, अनन्त नाग, अच्युत कुमार लगायतको भूमिका रहेको छ ।
