काठमाण्डौ: बाल उपन्यास सुरुङको बाटो बजारमा आएको छ।
शनिबारदेखि चर्चित लेखक ब्रजेश खनालद्वारा लिखित बाल उपन्यास बजारमा आएको हो ।
यसअघि दुई उपन्यास यायावर र जुनेली साथै संस्मरण पुस्तक साइड हिरो प्रकाशन गरिसकेका ब्रजेशले पछिल्लो कृती बाल उपन्यासमा कलम चलाएका हुन्।
सुरुङको बाटोलाई परिचय पब्लिकेसनले प्रकाशन गरेको हो।
पुस्तकमा किशोरावस्थाको शुरुवातदेखि कक्षा १० सम्मको उमेर समूहलाई लक्षित गरि ल्याइएको परिचय पब्लिकेसनले जनाएको छ ।
३०० पृष्ठको सो पुस्तकको मूल्य रु. ३०० तोकिएको छ ।
सो पुस्तक कक्षा ९ र १० मा अध्ययनरत् मानुश्री महत र अनुज्ञा नेपाल र लेखक सुलोचना मानन्धरद्वारा संयुक्तरुपमा राजधानीमा विमोजन गरिएको हो ।
