काठमाण्डौः हृदयघातका कारण सामान्य मानिसहरूकाे हरेक वर्ष मृत्यु हुने गरेको पाईन्छ ।
हृदयघात किन र कसलाई हुन सक्छ भन्ने विषयमा सामान्य जानकारी हुन अनिवार्य भईसकेको छ ।
हृदयघात हुने धेरै सम्भावनाहरु मध्य मुख्य भनेको बंशाणुगत कारण, सुगर हुने व्यक्तिहरुलाई, कोलेष्ट्रोल बढि हुने व्यक्तिहरुलाई, बढि चुरोट खाने व्यक्तिहरुलाई र प्रेसर हुने व्यक्तिहरुलाई हुने सम्भावना बढि देखिन्छ ।
साथै हावा पानी देखि वातावरणले गर्दा पनि केही असर पर्ने देखिन्छ । तर मुख्य भनेको हृदयघात हुन उल्लेख गरिएका ५ कारणहरु हुन् ।
धेरै व्यक्तिहरुमा प्रेसर बढेर पनि हृदयघात हुने देखिन्छ ।
हृदयघातबाट बच्न समय समयमा मुटुको जांच गराएर चिकित्सकसंग सल्लाह लिनुपर्ने हुन्छ । साथै व्यायाम गर्दा हृदयघातबाट बच्न सकिन्छ । धुम्रपान पनि एक मुख्य कारक हो हृदयघातका लागि । उच्च कोलेस्टेरोल र मधुमेह रोगीहरुले मुख्य ध्यान दिनुपर्ने हुन्छ ।
