काठमाण्डौ: कपडा बैंकको लागि ज्योती विकास बैंकले वासिङ मेसिन प्रदान गरेको छ ।
नवजीवन परोपकार समाज र १०० Group ले संयुक्त रुपमा सञ्चालन गरेको कपडा बैंकको लागि एक थान वासिङ मेसिन ज्योती विकासले प्रदान गरेको हो ।
ज्योती विकासले सामाजिक उत्तरदायित्वका लागि सिर्जना गरेको हाम्रो बिकास प्रबद्र्धन मार्फत कपडा बैंकलाइ वासिङ मेसिन प्रदान गरिएको जनाएको छ ।
सो कार्यक्रममा बैंकका कार्यकारी अध्यक्ष मनोज कुमार ज्ञवाली लगायत कर्मचारी र नवजीवन परोपकार समाजका सचिव दिपकराज जोसी लगायतको उपस्थिती रहेको थियो ।
ती दुई सामाजिक संस्थाको संयुक्त पहलमा काठमाडौं तथा ललितपुरका बिभिन्न स्थानमा कपडा बैंक सञ्चालन गरेका छन् ।
बैंकले पुःन प्रयोग गर्न मिल्ने कपडाहरुलाई सफा गरि समाजमा प्रभावकारी योगदान पुर्याउने उदेश्यका साथ स्थापित हाम्रो बिकास कोष मार्फत बिभिन्न सामाजिक कार्यमा सहयोग पुर्याउदै आएको छ ।
