काठमाण्डौं: सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य तोलामा २ सयले घटेको छ ।
सातको पहिलो दिन आईतबार तोलामा ५ सयले घटेको सुनको सुन मुल्य सोमबार आज २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मुल्य प्रतितोला रू. ७१ हजारमा कारोबार भएको छ ।
आईतबार सुनको मुल्य प्रतितोला रू. ७१ हजार २ सय रहेको थियो । शुक्रबार चाँदीको मुल्य प्रतितोला रू. ७१ हजार ७ सय थियो ।
यस्तै चाँदीको मुल्यमा पनि तोलामा ५ रुपैयाँले घटेको छ ।
चाँदि प्रतितोला रू. ८४० रहेको चाँदीको मुल्य सोमबार बजारमा ८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
