शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: छापावाल सुनको मूल्य दुइदिनमा प्रतितोला ३ सय रुपैयाँले घटेको छ।
बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो भने, शुक्रबार सुनको भाउ ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यो सँगै सुन शुक्रबार आज प्रतितोलामा ३ सय रुपैयाँले घटेको हो।
बिहीबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको थियोे ।
त्यस्तै बिहीबार प्रतितोलामा ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि स्थिर रहेको छ।
