काठमाण्डौं: चर्चित युवा र्या पर समिर घिसिङ ‘भिटेन’को भक्तपुरमा कन्सर्ट हुने भएको छ ।
शुक्रबार ममता केन्द्र नेपालको आयोजनामा महेश्वरी खेल मैदानमा हुन लागेको कन्सर्टमा भिटेनलगाएत विभिन्न चर्चित गायक, गायिकाको समेत प्रस्तुति रहने छ ।
भक्तपुरमा भिटेनले पहिलो पटक कन्सर्ट गर्न लागेका हुन् । कार्यक्रममा भिटेनसँगै गायक सरोज लामिछाने, संन्जिब वाइवा, अमिर दोङ, सुस्मा मोक्तान, इसेन्स ब्याड, हास्यकलाकार गोकुल तामाङ, बेली डान्सर बिनु सक्य लगायको प्रस्तुति रहने आयोजक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले बताए ।
