काठमाण्डौः केयु अन्तरगर्तका निजी मेडिकल कलेजले शिक्षामन्त्रीलाई पाँच बुँदे प्रतिवद्धता बुझाएका छन् ।
शुल्क समायोजनको विषयमा काठमाडौँ विश्वविद्यालय अन्तर्गत रहेका विभिन्न ६ वटा मेडिकल कलेजहरूले मंगलबार पाँच बुँदे प्रतिवद्धता पत्र सरकारलाई बुझाएका हुन् ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई सिंहदरबार स्थित कार्यकक्षमा भेटि उनीहरुले पाँच बुँदे प्रतिवद्धता पत्र बुझाएका हुन् ।
पत्रमा उनीहरुले काठमाडौं विश्वविद्यालय (केयू) अन्तरगर्तका सञ्चालकहरूले विश्वविद्यालयको परिपत्र अनुसार नै आफूहरुले एमबिबिएस र बिडिएसमा शुल्क लिएको दाबी समेत गरेका छन् ।
साथै उनीहरुले सरकारको निर्देशन अनुसार शुल्क समायोजन कार्यान्वयन गर्न तयार रहेको पनि प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
शिक्षामन्त्रीलाइ बुझाएको पत्र जस्ताको तस्तैः



