सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रूसी राष्ट्रपति पुटिन आगामी पुस दोश्रो साता नेपाल भ्रमणमा आउँदै

२०७६ मंग्सिर ६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः शक्तिशाली मुलुक रूसका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल भ्रमणमा आउने भएका छन् ।

आगामी पुस दोस्रो साता (आगामी डिसेम्बर अन्तिम साता) पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको परराष्ट्र मन्त्रालयको दावी रहेको छ ।

रूसी राष्ट्रपति पुटिनको तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको र छिट्टै मिति तय हुने परराष्ट्र अधिकारीले बताए । उनको भनाइमा (रूस)बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको भएपनि डेट फिक्स नभएको उच्चस्रोतको दावी छ ।

रूसले बिशेषत नेपालमा रहेको युरेनियम (रेडियोधर्मी) पदार्थ भण्डारको उत्खनन र खरिद गर्न चासो लिँदै आएको बेला पुटिनको भ्रमणको तयारी गरिएको हो ।

खासगरी इन्धन र परमाणु हतियारको मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गरिने युरेनियम चिकित्साशास्त्र, भौगर्भिक अध्ययनसहित विभिन्न प्रकृतिका वैज्ञानिक खोज अनुसन्धानमा समेत प्रयोग हुने गर्छ।

रूस युरेनियम प्रशोधन गर्ने विश्वकै पहिलो सूचीमा रहेको छ । खानी तथा भूगर्भ विभागको टोलीले मुस्ताङको लोमाङथानमा १० किमि लम्बाइ र तीन किमि चौडाइ क्षेत्रमा बहुमूल्य धातु युरेनियम भण्डार भएको पुष्टि गरेपछि सो क्षेत्रको निगरानी नेपाली सेनाले गर्दै आएको छ ।

पुटिन भ्रमणका क्रममा नेपाललाई ३ खर्ब रुपियाँ हाराहारीको ‘सफ्ट लोन’ दिने प्रारम्भिक प्रस्ताव समेत आएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उच्चस्तरीय भ्रमणको वातावरण तय गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भोलि शनिबार रूसको राजधानी मस्को जाने कार्यक्रम रहेको छ ।

रसियाली समकक्षी सर्गेइ लावरोवको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री ज्ञवाली रूस भ्रमणमा जाँदै छन् । ज्ञवाली द्विपक्षीय मन्त्रीस्तरीय बैठक र रसियाका राजनीतिक दलका नेतासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिसँगको भेटवार्तामा सहभागी हुने परराष्ट्रले जनाएको छ ।

नेपाल र तत्कालीन सोभियत संघबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। औपचारिक सम्बन्ध स्थापना भएको यति लामो अवधिमा सो मुलुकका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमण भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेनी सेनाका एक शीर्ष कमाण्डर बर्खास्त

केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार

अफगानिस्तानमा एक वर्षभित्र १५०परियोजना सुरु : अधिकारी

विश्व बैंकद्वारा श्रीलङ्कामा स्वास्थ्य सेवा सुधार गर्न १५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी

अमेरिकासँग सम्झौतापछि जुलियन असान्ज रिहा

भारतको कालाबुर्गी विमानस्थलमा बमको धम्की

इजरायलले आफ्नो अभियानलाई हिजबुल्लाहतर्फ केन्द्रित गर्ने प्रधानमन्त्री नेतन्याहूको भनाइ

भारतीय प्रधानमन्त्री मोदीले संसद्को प्रथम बैठकको पहिलो सत्रबाट तेस्रो कार्यकालका योजना सार्वजनिक गर्दै

रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

गाजाको भिषण आक्रमण छिट्टै सकिन्छ- नेतन्याहु