सदाबहार खबरको रफ्तार ....
असार २९, २०८१ शनिबार
July 13, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चालकको आँखामा पट्टि बाँधी १९ लाख रुपैयाँ बराबरको डिजेल बोकेको ट्यांकर अपहरण

२०७६ मंग्सिर ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः इन्धन बोकेको ट्यांकर अज्ञात समूहको अपहरणमा परेको छ। नेपाल आयल निगमको अमलेखगञ्जस्थित क्षेत्रीय डिपोबाट आइतबार दिउँसो २० हजार लिटर डिजेल लोड लिएको ना ४ ख ४१६३ नम्बरको ट्यांकर सोही रातिदेखि अज्ञात समूहको अपहरणमा परेको हो।

पूर्वाञ्चल पेट्रोलियम ढुवानी संघका अध्यक्ष गुणराज निरौलाका अनुसार डिजेल लोड लिएको उक्त ट्यांकर विराटनगर जाँदै थियो। विराटनगर जाने क्रममा सिरहाको लाहानमा हुलाक कार्यालय अगाडि पार्किङ गरी बि श्राम गरिरहेको अवस्थामा आइतबार मध्य रातमा चालकसहित उक्त ट्यांकर अपहरणमा परेको थियो।

‘चालक र सहचालकको आँखामा पट्टी बाँधेर भ्यान दौडिएको थियो । त्यसपछि बर्दिबास र लालबन्दीबीचको जंगलमा रोकेर दुवैलाई जनालाई छाडिएको बताएका छन् । ट्यांकर अपहरणकारील नै चलाएर लगेको प्रारम्भिक बुझाइ छ’ गोइतले भने । सो ट्यांकरमा रहेको डिजेलको प्रचलित बजार मूल्य १९ लाख ४० हजार रुपैयाँ हो । यति ठूलो परिमाणको तेल हराएपछि निगमले छानबिन समिति बनाएर खोजी कार्यअघि बढाएको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार करिब आठ जनाको समूहमा आएका अपहरणकारी चालक र सहचालकलाई सुमो गाडीमा राखेर बर्दिबास–लालबन्दीको बीचको जंगलमा लगेका थिए। गोइतले भने,‘ अपकरणकर्ताले ट्यांकर आफै चलाएर बर्दिबास र लालबन्दीको बीच जंगलसम्म ल्याएको फेला परेको छ। त्यहाँ चालक र सहचालकलाई मुक्त गरी ट्यांकर भने आफूसँगै लगे।’ निगमले यो घटनाको छानबिन गर्न निगमका प्रादेशिक प्रमुख अशोक साहको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरेको छ।

करिब ५ वर्षअघि पनि यसै गरी सिंगो ट्याकरको तेल गायब गरिएको थियो । पछि अनुसन्धान गर्दा एउटा पम्पले बजार मूल्यभन्दा केही सस्तोमा चोरीको तेल किनेको पुष्टि भएको थियो । अहिले पनि चालक सकुशल रहेको अवस्थामा ट्यांकर नै गायब हुनुलाई शंकाको घेरामा राखेर हेरिएको छ । यो समाचार आजको अन्नपुर्ण दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एघार वडामा ठुला पूर्वाधार निर्माण

प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त ओलीद्वारा दाबी पेस

निजी खर्चमा विद्यालयमा क्लिनिक

१७ महिनापछि प्रचण्ड सत्ताबाहिर

अर्थले रकम निकासा नगर्दा निर्माण व्यवसायीको बिचल्ली

ग्यासमा दुुई थरी मूल्य कायम गर्ने तयारी

राप्रपा संसदीय दलको बैठक आज बस्दै, प्रधानमन्त्रीले लिने विश्वासको मतबारे निर्णय हुने

शोधनान्तर स्थिति चार खर्ब पच्चिस अर्बले बचत

मेलम्चीको पानी बाह्रै महिना ल्याउने उपाय सुझाउन निर्देशन

समाजवादी मोर्चाको मोर्चाबन्दी सुरु

७८ वर्षपछि सर्वाधिक वर्षा

प्रथम नागरिकको सम्मानमा सङ्ग्रहालय