सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आयल निगमको ट्याङ्कर बेपत्ता प्रकरणः चार सदस्यीय छानबिन समिति गठन

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल आयल निगमले डिजेल लोड भएको हराएको ट्याङ्कर खोजीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

निगमले तीन दिनदेखी आयल निगमको लोडेड ट्याङ्कर खोज्न प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट यही मङ्सिर १ गते अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङ्कर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो ।

सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गलमा छाडेका थिए ।

निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा सम्झौता भई सञ्चालनमा आएको सो ट्याङ्कर अज्ञात समूहले नै चलाएर लगेको प्रारम्भिक अनुमान गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पौडेललाई थुनामा पठाउने आदेश

सरकार समृद्धिको यात्रामा: मन्त्री भण्डारी

युएनले नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान गर्ने

बजेट वक्तव्यः सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने

सिरोहियाको स्वास्थ्य ब्रिगियो, हेलीकप्टरबाट काठमाडौँ ल्याइयो

सात प्रदेशलाई सात आर्थिक हब बनाउने घोषणा

चीन र पाकिस्तानमा गणतन्त्र दिवस मनाइयो

बजेट भाषण ३ बजेदेखि हुने

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री

एसिड आक्रमणबाट घाइते सांसद कंसाकारको बिलौना…

महाकाली नदीमा नेपाली सेनाको विपद् नमुना अभ्यास

वायुसेवा निगमसहित पन्ध्र सरकारी संस्थान घाटामा