काठमाण्डौ: बेलायतबाट गैरआवासीय नेपाली संघको केन्द्रीय सदस्य (आइसीसी) को लागि ७ जनाको नाम सिफारिस भएको छ ।
युकेका गैरआवासीय नेपाली संघका अनुसार सिफारिसमा पर्नेमा पत्रकार चिरन शर्मा, विजन भट्ट, रण बहादुर केसी, चन्द्र गुरुङ, रमेश सराङकोटी, भाग्यनारायण यादव र भोला खनाल रहेको बताइएको छ ।
गैरआवासीय नेपाली संघले यसअघि नै विश्वभर रहेकालाई आइसीसी सदस्यको क्षेत्रीय संयोजक मार्फत नोभेम्वर १८ भित्र सिफारिस गर्न आग्रह गरिसकेको थियो ।
संघको विधानमा रहेको दफा २२ (१४) अनुसार विभिन्न विषयहरुमा संघको केन्द्रीय तहमा रहेर योगदान गर्न सक्ने व्यक्तिलाई अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनित गर्ने प्रावधान रहेको छ ।
यसैगरी संघको विधान अनुशार २१ सदस्यीय सदस्य केन्द्रीय समितिमा मनोनयन गरिनेछ जसमा ७ जना महिला रहनेछ्न् ।