सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालले आज दोस्रो पटक कुवेतको सामना गर्ने

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: आगामी सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको छनौट खेल अन्तर्गत दोस्रो चरणको खेलमा आज कुबेत र नेपाल बिच खेल हुँदैछ ।

भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा मंगलबार नेपाली समय अनुसार पौने तीन बजेबाट सुरु हुने खेलमा नेपालले कुबेतसँग प्रतिस्पर्धा गर्ने भएको हो ।
नेपालमा निर्माणाधिन दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तयार नभए पछी उक्त खेल भुटानमा हुन लागेको हो । ।

कुवेतसँगको पहिलो खेलमा ७-० को फराकिलो हार ब्यहोरेको नेपालले हारको बदला लिने अवसर पाएको छ । छनोटका सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ भने कुवेतले ७ अंक जोडेर दोस्रो स्थानमा रहन सफल भएको छ ।

कुबेतसँगको खेलमा नेपाली राष्ट्रिय टिमका हस्तिहरु विमल घर्ति मगर, मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीसहित चार खेलाडी एन्फाको कारबाहीमा परेको हुँदा टिममा छैनन् ।

राष्ट्रिय टिममा रहँदा रातको समयमा नाईट क्लबमा भेटिएको भन्दै एन्फाले ४ जना खेललाडीहरुलाई राष्ट्रिय टिमबाट बाहिर राख्दै अनुशासनको कारबाही गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि धिर बुढालाई

फेलिक्सको गोलमा बार्सिलोना विजयी

विभागीय डर्बीमा एपिएफ विरुद्ध जीत निकाल्दै पुलिस फाइनलमा

जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा

लेखनाथ हाफ म्याराथनको उपाधी नेपाली सेनाका सञ्जयले जिते

सिटीको शानदार जित

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

कतारविरुद्ध आसिफले बनाए अर्धशतक