सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बंगलादेशसँग नेपालको हार: नेपाल इमर्जिङ टिम एसिया कपको समुह चरणबाट बाहिरीयो

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बंगलादेशको ढाकामा जारी इमर्जिङ टिम एसिया कपको समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग ८ बिकेटले पराजित भएको छ ।

पहिलो ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरको खेलमा ४४.३ ओभरमा अलआउट हुदै १३८ रन जोडेको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, करण केसीले १८ रन र सोमपाल कामी सर्बाधिक ६३ बलमा ४ चौका प्रहार गर्दै ३८ रन बनाए ।

नेपालले दिएको १३९ रनको लक्ष बंगलादेशले २४ ओभर २ विकेट गुमाउँदै पुरा गर्यो ।

बंगलादेशका कप्तान नजमुल हसन शान्तो २ छक्का र ६ चौका प्रहार गरि अर्धशतक बनाउदै ५९ रन नटआउट रहे त्यस्तै ओपनर मोहमद नइमले ४५ रन बनाए भने नेपालका लागि करण केसी र शुसन भारीले १/१ विकेट लिए ।

बंगलादेशसँग पराजित भए संगै नेपाल एसीसी इमर्जिङ टिम एसिया कपको समूह चरणबाट बाहिरिएको छ । शतप्रतिशत नतिजा निकाल्दै बंगलादेश अर्को चरण प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

राष्ट्रपति रनिङ सिल्ड मंगलबारदेखि

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

जीतपुरसिमरा गोल्डकप: उपाधीका लागि मच्छिन्द्र र पुलिस भिड्दै

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

लिभरपुल र आर्सनल हारेपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा कायमै

एसीसी प्रिमियर कप: हङकङमाथि साउदी अरेबियाको ऐतिहासिक जित

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्यसचिवको आग्रह

इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण फुटबलको तयारी

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा