सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रौतहट बम काण्ड: जिल्ला अशान्त बनाउने आलमको धम्की

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने ‘मान्छे मार्ने’ धम्की दिएको खुलेको छ । आलमले प्रहरीलाई नै हत्कडी लगाइदिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउने समेत धम्की दिएका छन्  ।

कान्तिपुरलाई प्राप्त २ मिनेट २४ सेकेन्ड लामो अडियो/भिडियोमा आलमले ‘अब जिल्लामा आगो लाग्छ, एसपी र डीएसपीलाई हत्कडी लगाउँछु, जिल्लाभर अशान्ति हुन्छ’ भन्दै उनले धम्क्याएको देखिन्छ । उनको यो धम्कीका कारण प्रहरीले पीडित, घटनाका साक्षी, न्यायाधीश र सरकारी वकिलको सुरक्षामा विशेष व्यवस्था गरेको छ ।

असोज २६ गते पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा प्रहरीसँग भनाभन भएको हो  । डीएसपी नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले राजपुरको ‘इद्रिस गेट’ नजिकैबाट उनलाई पक्राउ गरेको थियो । त्यतिबेला ‘डीएसपी साब, जरुरी काम छ, अहिले म वारात (जन्ती) जान्छु, यस विषयमा पछि कुरा गरौंला’ भन्दै उनी उम्किन खोजेका थिए । त्यसपछि ‘आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको’ भन्दै डीएसपी कार्की र रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीलाई आफू छुटेपछि हत्कडी लगाइदिने धम्की उनले दिएका हुन् ।

आलमको धम्की र पक्राउपछि उत्पन्न हुन सक्ने परिस्थितिलाई आकलन गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । जिल्ला न्यायाधीश दीपक ढकाल र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटवालको सुरक्षामा प्रहरी ‘अंगरक्षक’ तैनाथ गरिएको छ । आलमको धम्कीपूर्ण भिडियो ढकाल र कटवालले पनि हेरेका थिए ।

आलमलाई कात्तिक १८ गते जिल्ला न्यायाधिवक्ता कटवालले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारण कसुरमा ३० वर्ष कैद सजाय मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । १० दिन लामो थुनछेक बहसपछि कात्तिक २९ गते न्यायाधीश ढकालले आलमलाई प्राप्त प्रमाणका आधारमा पुर्पक्षमा राखेर मुद्दाको अनुसन्धान हुने आदेश दिए । लगत्तै न्यायाधीश ढकाल र न्यायाधिवक्ता कटवाल रौतहटबाट राति नै प्रहरी ‘एस्कर्टिङ’ मा काठमाडौं आएका छन् ।

आलम समर्थितबाट सुरक्षा चुनौती महसुस गरेर काठमाडौं आए पनि न्यायाधीश ढकाल र न्यायाधिवक्ता कटवालले त्यस्तो नभएको जिकिर गरेका छन् । न्यायाधिवक्ता कटवालको आइतबार जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुर (हेटौंडा) सरुवा भएको छ । उनले रौतहट जान नसक्ने भन्दै महान्यायाधिवक्ता कार्यालयमा सरुवा मागेका थिए । ‘आलमका मानिसबाट थ्रेट भएकै कारण उहाँहरू काठमाडौं आउनुभएको हो,’ स्रोतले भन्यो, ‘जति नै अंगरक्षक लिए पनि मानसिक तनाव त कम हुँदैन नि भन्नुहुन्थ्यो ।’

आलमलाई पुर्पक्षको आदेश हुनु ३ दिनअघि कात्तिक २६ गते इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा भारतीय नम्बर प्लेटमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राजस्व उठ्न नसकेपछि कर्जाको भरमा पुँजीगत बजेट

सुदूरपश्चिम प्रदेशः मन्त्री मन्त्रालयविहीन, मन्त्रालय मन्त्रीविहीन

आफ्नै पार्टी नेतृत्ववाट सरकारको आलोचना

जनप्रतिनिधिको विवादले झन्डै चार दर्जन पालिकामा आएन बजेट

कार्की र देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

छ हजार ८४३ वटा उजुरीमा ४८ प्रतिशत फर्स्योट

नेपाल–चीन सचिवस्तरीय बैठक मंगलबार

छ करोडको अभावमा ५० हजार मानिस जोखिममा

नेकपा एसको महाधिवेशन : १५१ केन्द्रीय सदस्य पराजित हुने निश्चित

पर्यटकीय गन्तव्य जितगढी किल्ला

‘सामाजिक सञ्जालका कन्टेन्ट र समाचार फरक’

नेपालमा राजनीतिक स्थिरता होस