काठमाण्डौं: इटालीको शहर भेनिसमा गएको बाढीले त्यहाको जनजिवन अस्तव्यस्त बनेको छ ।
अर्बौं लगानीका भवन तथा भौतिक पूर्वाधारमा बाढीको असर परेपछी भेनिसा सरकारले संकटकाल घोषणा गरेको हो ।
बाढिका कारण केन्सका थुप्रै चर्च, पसल तथा कम्प्लेक्समा क्षति हुन पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
बाढीका कारण भेनिसका प्रधानमन्त्री गिसेप्पे कोन्त्रेले यस विपद्ले आफ्नो मुलुकको ‘मुटुमै ठूलो झट्का’ दिएको प्रतिक्रिया जनाएका छन् ।
उक्त क्षेत्रका बाढी पीडितलाई २० हजार यूरोका दरले क्षतिपुर्ति उपलब्ध गराउने प्रभावित सहरका मेयरहरुले घोषणा गरेका छन् ।