सदाबहार खबरको रफ्तार ....
जेठ १६, २०८१ बुधबार
May 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बागी उम्मेदवार शेरमानलाई सघाएको आरोपमा नेकपा बाग्लुङका २ जना कार्यकर्ता कार्वाहीमा (विज्ञप्ति सहित)

२०७६ कार्तिक २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौ: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटि बागलुङले आफ्ना दुई सदस्यलाई कारवाही गरेको छ ।

पार्टीको नीति विपरित गतिविधि गरेको भन्दै नेकपाले जिल्ला सदस्य ढोरपाटन नपा–१ का तुल्सी अर्याल र ढोरपाटन नपा–२ का दधिराम अर्याललाई पार्टी सदस्य समेत नरहने गरि निश्कासन गरेको हो ।

नेकपा बागलुङको शुक्रबार बसेको जिल्ला समितिको बैठकले आगामी मंसिर १४ गते हुन गईरहेको उप निर्वाचनको सन्दर्भमा गलत हर्कत गरेको भन्दै उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।

नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जारि गरेको विज्ञप्तीमा अर्यालद्वयले उप निर्वाचनमा शेरमान घर्तिको स्वतन्त्र उम्मेदवारी कायम गर्न गरिएका हर्कतहरु, उम्मेदवारी फिर्ता लिने समय टार्नको लागि गरिएका अनुचित गतिविधि र शेरमान घर्तिले पत्रकार सम्मेलन गरि उम्मेदवारी फिर्ता लिएको सन्दर्भमा उनले पाएको चुनाव चिन्हलाई दुरुपयोग गरि पार्टीलाई नै असफल गराउन गरिएको गतिविधि पार्टी नीति विपरित भएको उल्लेख गरिएको छ ।

विज्ञप्तीमा ‘पार्टीको अन्तरिम विधान २०७५ को धारा ५६ (क) को (८) बमोजिम गतिविधि भएको ठहर गर्दै उनीहरुलाई निश्कासन गर्ने निर्णय गरियो’ लेखिएको छ । ।

उप निर्वाचनमा आफ्नो पार्टीको समर्थनमा उम्मेदवार बनेका वाम उम्मेदवार खिम विक्रम शाहीलाई विजय गराउनको लागि सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध भई लाग्न विज्ञप्ती मार्फत आह्वान गरिएको छ ।

नेकपा बाग्लुङद्वारा शुक्रबार जारि गरिएको प्रेश बिज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केदार कार्कीले कोशी सरकारविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ मा

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीले लिए शपथ दुई जना बने मन्त्री

बालुवाटारमै धर्ना बसे सन्दीपका समर्थक

महिलाले चुनाव जित्दैनन् भनेर समानुपातिकमा राख्नु सामन्ती चिन्तन: अष्टलक्ष्मी शाक्य

बजेटले जनतामा आशाको सञ्चार गरेको छ : पूर्वप्रधानमन्त्री खनाल

‘गणतन्त्रका उपलब्धि संस्थागत गरौँ’

सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड

प्रदेश प्रमुख खापुङसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

छानबिन समिति नाममा सरकारसँग कांग्रेस लत्रिएको भन्दै कमल थापाको असन्तुष्टि

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाई स्थगित

केदार कार्कीको रिट न्यायाधीशद्धय शर्मा र सुवेदीको इजलासमा

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री दाहालको आह्वान