काठमाण्डौ: ईलाका प्रहरी कार्यालय चितवनले पेस्तोल सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
दाङ जिल्लाको तुलसीपुर नगरपालिका १२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका ५ घर भएका बर्ष ३३ का नारायण बुढाथोकीलाई इलाका प्रहरी कार्यालयका भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोली सहित २ जनालाई पक्राउ गरेको हो ।
राप्ती नगरपालिका ६ हर्दीबाट बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा आएको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उक्त मेड इन युएसए लेखिएको स्वचालित पेस्तोल गोलीसहित बरामद भएको जिल्ला प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।