काठमाण्डौ: गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का ५ जना कार्यकर्ता राजधानीबाट पक्राउ परेका छन् ।
नेकपा (माओवादी केन्द्र) जिन्दावाद भन्ने नारा सहित भित्ते लेखन गर्दै गरेको बेला उनीहरूलाइ विहिबार बिहान प्रहरीले वल्खुबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा नेपाल सुकुम्बासी संघका केन्द्रिय अध्यक्ष कुमार बान्तवा राई र नेवा ताम्सालिङ प्रदेश अध्यक्ष राजकुमार विश्वकर्मा सहित ५ जना रहेका छन् ।
पक्राउ परेका कार्यकर्तालाई प्रहरीले अनुसन्धानको लागी कालमाटी प्रहरी बृतमा राखिएको जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य आलोक रायमाझीले पक्राउ परेका सबैजनालाइ तत्काल रिहाईको माग गरेका छन् ।