सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् अध्यादेश जारी (विज्ञप्ती सहित)

२०७७ मंग्सिर ३०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी छन् । प्रधानमन्त्री निवाश बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले पारित गरेको अध्यादेशलाई राष्ट्रपतिले जारी गरेकी हुन् ।

सरकारले बहुमत सदस्यको उपस्थितिमै संवैधानिक परिषदको बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएको हो । राष्ट्रपति कार्यालयले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी भएको जनाएको छ।

संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धि ऐनको दफा ६ को उपदफा ३ मा बैठक बस्न अध्यक्ष र अन्य चार जना उपस्थित हुनुपर्ने व्यवस्था छ। हाल उपसभामुख पद रिक्त छ । सभामुख अग्नि सापकोटा भने बैठकमा विभिन्न कारणले अनुपस्थित हुँदै छन्।

मंगलबार सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थिति पछि परिषद बैठक स्थगित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । बैठकलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी गरेकी हुन् ।

सोमबार जारी भएको अध्यादेश अनुसार परिषद्को बैठक बस्न अब ५ जनाको कोरम पुग्नु पर्दैन । यो अध्यादेशसँगै प्रधानमन्त्री ओलीलाई आफु निकटलाई संवैधानिक निकायमा नियुक्त गर्ने बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

जसपाका मन्त्रीले लिए शपथ

​नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको निम्तो

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति