सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अख्तियारका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा राख्न आदेश

२०७७ मंग्सिर २८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।

आज विशेष अदालत उपस्थित भएका बस्न्यातसँग ४ घन्टा बयान लिएपछि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । न्यायाधीशहरु प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा ४ मन्त्री र तीन पूर्वसचिव सहित १ सय १० जनाविरुद्ध २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

जसमा अख्तियारकै पूर्व प्रमुख आयुक्त, भूमिसुधार तथा मालपोतका कर्मचारी, जग्गा खरिदबिक्री गर्नेहरु लगायत थिए। मुद्दा दायर गरिएकामा नेपाली कांग्रेसका नेता गच्छदार तथा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसमेत थिए।

विशेष अदालतले उनीहरुलाई गत फागुनमै अदालत उपस्थित हुन म्याद जारी गरेको थियो । लकडाउन खुकुलो भएसँगै अदालत खुल्न थालेपछि केही आरोपी अदालतमा उपस्थित भए पनि गच्छदार सहितका केही भने उपस्थित भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

जसपाका मन्त्रीले लिए शपथ

​नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको निम्तो

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति