सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री सहभागी हुने

२०७७ मंग्सिर २८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली आइतबार बस्ने पार्टी स्थायी कमिटी बैठकमा सहभागी हुने भएका छन्।

यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गरेका थिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उनले पत्रमा उल्लेख गरेका थिए।स्थायी कमिटी बैठकको एजेन्डा पार्टीमा देखिएका समस्याबारे छलफल गर्ने भन्ने तय भएपछि प्रधानमन्त्री पनि सहभागी हुने उनीनिकट स्रोतले बतायो ।

स्थायी कमिटीका एजेन्डा कुनै पनि प्रस्तावमा छलफल गर्ने भन्ने छैन। सबै प्रस्ताव व्यक्तिगत रूपमा प्रस्तुत हुनेछन्,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘आइतबारको बैठक बालुवाटारमा बस्ने भएको छ। प्रधानमन्त्रीको स्वास्थ्यको दृष्टिकोणले धुम्बाराहीमा बैठक बस्न उपयुक्त छैन भनेर चिकित्सकले सुझाव दिएका छन्।प्रधानमन्त्री सहभागी हुने भएर नै बालुवाटारमा बैठक बस्न लागेको हो।’

प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर एक नेताले पनि प्रधानमन्त्री बैठकमा सहभागी हुने जानकारी आफूले पाएको बताए।’प्रधानमन्त्री बैठकमा सहभागी हुने भन्ने सुनेको छु। उहाँ निकटका केही नेताहरू अझै पनि रोक्ने पक्षमा छन्।तर धेरै नेता बैठकमा जानुपर्ने पक्षमा छन्,’ ती नेताले भने, ‘प्रधानमन्त्री बैठकमा सहभागी नहुँदासम्म उहाँको भर छैन।

उहाँ बैठकमा सहभागी नभए पनि भोलिको बैठक हुन्छ।’गत आइतबार स्थायी कमिटी बैठक एक साता स्थगित हुँदा सहमतिका लागि प्रयास गर्ने भनिएको थियो। प्रधानमन्त्री ओली पक्षधर नेताहरूले सहमतिका लागि १० दिन समय मागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

मन्त्रिपरिषदले पारित गर्यो नीति तथा कार्यक्रम

जसपाका मन्त्रीले लिए शपथ

​नीति तथा कार्यक्रम वाचनका लागि राष्ट्रपतिलाई प्रधानमन्त्रीको निम्तो

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति

घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी छ : राष्ट्रपति पौडेल

उपराष्ट्रपति यादवसँग संयुक्त अधिराज्यका राजदूतको शिष्टाचार भेट

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति