सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रक्षकलाई नै रक्षाको आवश्यकता भन्दै प्रहरी नै प्रहरी मुख्यालयमा प्रदर्शनमा उत्रिए

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : भारतको राजधानी नयाँ दिल्लीमा प्रहरीहरू बिरोध प्रदर्शनमा उत्रिएका छन् ।

ड्युटीमा खटिएका प्रहरीमाथि कानुन व्यवसायीहरुको समूहले आक्रमण गरेको भन्दै नयाँदिल्लीमा सयौं प्रहरी आइटीओस्थित प्रहरी मुख्यालयमा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

यसरी विरोध प्रदर्शनमा उत्रिएका प्रहरीहरुले प्लेकार्ड समेत बोकेका थिए । प्लेकार्डमा हामी पनि प्रहरी पोशाकका मानिस हौं, रक्षकलाई नै रक्षाको आवश्यकता पर्यो जस्ता नारा लेखिएका थिए ।

उनीहरु प्रहरी पोशाक सहित र रहित प्रदर्शनमा सहभागी भएका थिए ।

साकेतस्थित अदालतमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीले प्रहरीहरुलाई हातपात गरेपछि विवाद बढेको थियो । हातपातपछि प्रहरीहरु प्रदर्शनमा उत्रिएका थिए ।

आन्दोलन र विरोध प्रदर्शन हुँदा शान्तिसुरक्षाका लागि खटिने प्रहरी स्वयम् विरोध प्रदर्शनमा उत्रिएका हुन् । यसैबिच प्रहरी मुख्यालयले उनीहरुको माग सम्बोधन गर्ने स्वीकारेकाे भारतीय सञ्चारमाध्यामहरूले जनाएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरान र इजरायलबीचको दुश्मनी कसरी शुरु भयो ?

इरानी आक्रमणपछि इजराइलको गाजामाथि दबाब बनाउने सङ्कल्प

कब्जामा रहेका १७ भारतीयलाई रिहा गर्न इरानलाई विदेशमन्त्री जयशंकरको आग्रह

साइप्रासकाे घाेषणाः सिरयालीलाई अब शरणार्थी मान्यता दिन सकिदैन्

अमेरिका मध्यपूर्वमा सङ्कट ‘बढेको’ हेर्न चाहँदैन

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा