सदाबहार खबरको रफ्तार ....
असार ११, २०८१ मंगलबार
June 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

३९ जना मारिएको घटनामा भियतनामले छानविन थाल्यो

२०७६ कार्तिक १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: भियतनामी प्रहरीले बेलायतमा ३९ जनाको शव भेटिएको घटनाका बारेमा अनुसन्धान गर्न आठ जनालाई पक्राउ गरेको छ।

बेलायती प्रहरीबाट मारिएका सबै जना भियतनामी भएको आशंका गरिरहेको बेला घटनासँग सम्बन्धित भएको आशंकामा ती आठ जनालाई भियतनामी प्रहरीले पक्राउ गरेको हो।

मृतकका ३९ शव बेलायतको राजधानी लण्डनदेखि पूर्वतिर पर्ने ग्रेज एसेक्समा औद्योगिक क्षेत्रमा फ्रिजयुक्त कन्टेनरभित्र फेला परेको थियो।

त्यहाँस्थित अधिकारीहरुले जनाए अनुसार गएको अक्टोबर २३ मा भेटिएका शवमध्ये ३१ पुरुष र आठ महिलाको रहेको पुष्ठि भएको छ ।

तर उनीहरुको अनुसन्धान भइरहेकाले घटनाको यथार्थ विवरण र मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

भियतनामी एक प्रहरी अधिकारीले घटना निकै पिडादायक भएको सोमबार बताउदै भियतनामी समाचार संस्थाले पनि उनीहरु पक्राउ परेको पुष्टी सहितको समाचार सम्प्रेषण गरेको छ ।

ति शवहरू फेला परेपछि बेलायती प्रहरीले उत्तरी आयरल्याण्डका ट्रक चालक मोरिस रबिन्सनलाई पनि  पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

युक्रेनी सेनाका एक शीर्ष कमाण्डर बर्खास्त

केजरीवाललाई जमानत दिने तल्लो अदालतको आदेश उच्च अदालतद्वारा खारेज

अमेरिकाको द्वन्द्व रोक्ने प्रयासका बीच इजरायलद्वारा गाजामा बम प्रहार

अफगानिस्तानमा एक वर्षभित्र १५०परियोजना सुरु : अधिकारी

विश्व बैंकद्वारा श्रीलङ्कामा स्वास्थ्य सेवा सुधार गर्न १५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत

क्रिमियामा अमेरिका संलग्न मिसाइल आक्रमणको बदला लिने रुसको चेतावनी

अमेरिकासँग सम्झौतापछि जुलियन असान्ज रिहा

भारतको कालाबुर्गी विमानस्थलमा बमको धम्की

इजरायलले आफ्नो अभियानलाई हिजबुल्लाहतर्फ केन्द्रित गर्ने प्रधानमन्त्री नेतन्याहूको भनाइ

भारतीय प्रधानमन्त्री मोदीले संसद्को प्रथम बैठकको पहिलो सत्रबाट तेस्रो कार्यकालका योजना सार्वजनिक गर्दै

रौतहटबाट भारतीय नागरिक पेस्तोलसहित पक्राउ

गाजाको भिषण आक्रमण छिट्टै सकिन्छ- नेतन्याहु