सदाबहार खबरको रफ्तार ....
असार ३१, २०८१ सोमबार
July 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, शुक्रबारसम्म डिस्चार्ज हुने

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नियमित स्वास्थ्य चेकजाँचका लागि काठमाण्डौको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल अस्पतालको आईसियुको बेड नं १४१६ मा भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक तथा ग्रान्डी अस्पतालको नेफ्रोलोजी तथा ट्रान्सप्लान्ट मेडिसिन विभागकी अध्यक्ष प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेद्वारा संयुक्त जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले उपचारको क्रममा रहेका प्रधानमन्त्रीलाई बुधबार मात्रै दुईपटक भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । यसैगरी शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सत्तारूढ नेकपा महासचिव बिष्णु पौडेल, श्रममन्त्री गोकर्ण बिष्ट, प्रमुख राजनितिक सल्लाहकार बिष्णु रिमाल लगायतका नेताहरुले अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाका बारेमा बुझिरहेको स्रोत बताउँछ ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको स्वासप्रश्वासमा समस्या देखिएको र पिसाव नहुने भएपछि आकस्मिक रुपमा भर्ना गरि पहिलो चरणको मृगौला डायलसिस गरिएको र यो क्रम तीन दिनसम्म गर्नु पर्ने बताइएको छ ।  उनका अनुसार भोलि बिहिबार पुनः दोस्रो चरणको डायलसिस गर्ने र पर्सी शुक्रबार तेस्रो डायलसिस गरेपछि मात्रै पहिलो चरणको डायलसिसको मात्रा सम्पन्न हुने बताइएको छ ।

त्यस्तै प्रधानमन्त्रीको थप उपचारका लागि फेरि सिंगापुर लैजाने की भन्ने विषयमा पनि चिकित्सकहरूबिच छलफल भैरहको गोप्य सुत्र बताँउछ । स्रोतका अुसार प्रधानमन्त्री शुक्रबारसम्म अस्पताल मै बसेर उपचार गराउने अबस्था देखिन्छ ।

बुधबार बिहान स्वास्थ्यमा समस्या देखिएपछी प्रधानमन्त्री ओलीको आईसियुमा भर्ना गरिएको थियो । प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला

उच्च अदालत सुर्खेत, जुम्ला इजलासबाट ९० प्रतिशत मुद्दा फछ्यौट

खेम बतासको बुढीपोल्ली र रंगा बिष्ट नेगीको सवाल कृतिमाथि परिचर्चा

यस्तो छ काँग्रेसको मन्त्री छान्ने मापदण्ड

परराष्ट्रसचिव लम्साल र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा भेट

बन्दीप्रत्यक्षीकरण रिट खारेज: बालिकाको इच्छाको कदर

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

अक्षय कुमारलाई कोरोना संक्रमण

जनतामा आशाको सञ्चार जागृत गर्न नयाँ सत्तासमीकरण : एमाले नेता भट्टराई

उद्धार तथा खोजीमा सेना सक्रिय

सीता दाहालको स्मरणमा बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रम