सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तिहारका लागि मात्रै भित्रियो करोडौको फलफूल

२०७६ कार्तिक ११, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: तिहारको अवसरमा पचास करोड भन्दा बढीको फलफूल आयात भएको छ ।

यो बर्ष नेपालीहरुको पर्व तिहारमा गत वर्षको तुलनामा बढी फलफूल आयात भएको फलफूल तथा थोक विक्री केन्द्रले जनाएको हो ।

छिमेकी देशहरु भारत, चीन, पाकिस्तान, दक्षिण अफ्रिका आदि मुलुकबाट आयात हुने नरिवल, स्याऊ, केरा, जुनार, सुन्तला लगायतका फलफूलहरु आयात भएको भन्सार विभागको तथ्याकंमा उल्लेख छ ।

धेरै आयात हुने फलफूमा २० करोडको स्याउ मात्रै चीनबाट आयात भएको नेपाल फलफूलथोक व्यवसाय संघले जनाएको छ ।

फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार चीनबाट मुख्यत: स्याउ आयात हुन्छ । चीनबाट आयात हुने स्याउ मुलुकभरि बिक्री हुन्छ । अन्य फलफूल भने धादिङ लगायत वरिपरिका जिल्लामा बिक्री हुने महासंघका वरिष्ठ उपाध्यक्ष रुद्र पाठकले बताए ।

संघले तिहारलाई लक्ष्य गरेर करिब ३ सय गाडी फलफूल आयात गरेको उनले बताए । उनका अनुसार एउटा गाडीमा १८ देखि ३२ टन फलफूल आयात हुन्छ । पाठकका अनुसार फलफूलमध्ये स्याउ मुख्यत: तिहारमा बिक्री हुन्छ । मुलुकभित्र पर्याप्त मात्रामा उत्पान नहुँदा चीन र भारतकै भर पर्नुपरेको बताए ।

त्यस्तै भारतबाट पनि करिब २ करोड स्याउ आयात भएको, र भारत सहित अन्य मुलुकबाट ५ करोड बढिको जुनार आयात भएको संघले जनाएको छ।

फलफूलको आयात वर्षेनी छिमेकी देशहरुबाट बढ्दो क्रममा रहेको छ यद्यपि विविध कारणले गर्दा नेपालमा स्वदेशी उत्पादनले भने बजार लिन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेप्से परिसूचकमा १६ दशमलव ८२ अङ्कको गिरावट

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

फेरि बढ्यो सुनको मूल्य

इरान-इजरायल तनावले पेट्रोलियम पदार्थको मुल्यमा कस्तो असर पर्ला ?

अर्थमन्त्री पुन अमेरिका प्रस्थान

नेप्सेमा सामान्य गिरावट

टीकापुर उद्यानमा एकै दिन ३ लाख सङ्कलन

नयाँवर्षको पहिलो दिन लुम्बिनीमा घट्यो चहलपहल, कोषको ८ वर्ष यताको तथ्यांक यस्तो छ

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

डलरको मुल्य कति, यस्तो छ आजको विनिमयदर ?