काठमाण्डौ : यो बर्ष लक्ष्मीपूजाका दिन अघिल्लो वर्षको भन्दा १६ मेगावाट कम बिद्युत खपत भएको छ ।
यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १ सय ५ मेगावाट विद्युत् प्रयोग गरेका छन् ।
लक्ष्मी पुजाको दिन विद्युतको सबैभन्दा बढी माग हुने दिन हो । गत वर्ष लक्ष्मीपूजाका दिन मात्रै १ हजार १ सय ५ मेगावाट पुगेको विद्युत खपत यो बर्ष १ हजार ८९ अंकमै रोकिएपछि विद्युतको १६ मेगावाट कम हो।
यस वर्ष लक्ष्मीपूजाको बेलुका ६ बजेदेखि ७ बजेसम्मको समयमा सबैभन्दा बढी विद्युत खपत भएको छ। यस बर्ष उपत्यकामा मात्र ३ सय ३१ मेगावाट विद्युत खपत भएको प्राधिकरणले जनाएको छ ।