काठमाण्डौ: योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले सामुहिक गौ पुजन गरेको छ ।
आइतबार भरतपुर महानगरपालिका १ मा अवस्थित वागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमले सामूहिक गौ पुजन गरि भोजनालय र वाचनालय भवनको उद्घाटन गरेको हो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एवं कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य रीना गुरुङ्, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, आश्रमका प्रमुख संरक्षक योगी शिरिष नाथ,अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
मानवअधिकार समितिका सभापति सभापति पोखरेलले स्थानीय समाजसेवी बालगोपाल चुकेले निर्माण गरेको सचिवालय र लक्ष्मण अर्यालले निर्माण गरेको भोजनालयको संयुक्त उद्घाटन गरेका थिए ।
हाल गौ संरक्षण केन्द्रमा स्थानीय जातका १३६ वटा गाई रहेका छन् । त्यस्तै जुरो भएको गाईलाई पूजा गर्दा साक्षात लक्ष्मीलाई पूजा गरे जस्तै हुनाले आज विभिन्न क्षेत्रबाट पूजाआजाका गर्न सर्वसाधारण आएको संरक्षक निरन्जननाथ योगीले बताए ।
संरक्षण केन्द्रमा वाष्फीकरण गरी खान योग्य बनाइएको गाईको गौत लिन देशका विभिन्न स्थानबाट मानिस आउने गरेको संरक्षकले जानकारी दिएका छन्