सदाबहार खबरको रफ्तार ....
असोज २०, २०८१ आइतबार
October 6, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आज कागतिहार, हिन्दु परम्परा अनुसार कागको पुजा गरी मनाइदैं

२०७६ कार्तिक ९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तिहार अर्थात यमपञ्चकको पहिलो दिनका रूपमा काग तिहारलाई लिइन्छ ।

कार्तिक कृष्ण त्रयोदशीको दिन मनाइने यस पर्वलाइ यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिएर मनाइँदैछ । यस वर्ष तिथिको घटबढका कारण कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक शुक्रबार बेलुकीदेखि नै प्रारम्भ भएको छ ।

कार्तिक कृष्ण त्रयोदशी भएको दिन काग तिहार मनाउनु पर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन अर्थात लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता रहीआएको छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

काग तिहारको दिन खरिद गर्नुहोस् यी ५ चीज कहिले हुनेछैन धनको कमि 

पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।

धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । धनतेरसको दिन सामानहरु किन्ने र दीपदान गर्ने दिन अर्थात् धनतेरस पर्व साथै काग तिहार पनि हो ।

यस दिन विभिन्न वस्तु घरमा भित्र्याउनाले वर्षभर धनको कमि नहुने धार्मिक मान्यता रहेको छ । जानेर बुझेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ नछोड्ने जनविश्वास पनि रहेको छ ।

ज्योतिष शास्त्रीहरुका अनुसार धनतेरसमा निम्न उल्लेखित वस्तुहरु कसैलाई थाहा नदिइ घरमा भित्राउदा आर्थिक लाभ हुने गर्छ ।

धनियाँका दाना-धनियामा लक्ष्मी माताको कृपा रहने मान्यता रहेको छ । यसै कारण धनतेरसको दिन घरको बगैंचा गमला आदि स्थानमा कसैलाई थाहा नहुने गरी धनियाको दाना छर्दा लक्ष्मी प्रसन्न हुने गर्छिन् ।

गरगहना-आभूषण -यस दिन आभूषण तथा गहना खरिद गर्नको लागि धेरै शुभ मानिन्छ । अझ कसैलाई पनि थाहा नदिई किनेको गरगहना-आभूषण झनै शुभ हुने मान्यता रहेको छ । यसरी खरिद गरेको गरगहना-आभूषणलाई लक्ष्मीलाई अर्पित गर्दै धन बढेर जाने मान्यता रहेको छ ।

शंख-शंखलाई हिन्दु धर्ममा छुट्टै स्थानमा राखिने गरिन्छ । शंखलाई घरमा राख्नाले लक्ष्मी प्रसन्न हुने र शंक बजाउँदा धर शुद्ध हुने मान्यता रहेको छ । धनतेरसको दिन कसैलाई पनि थाहा नहुनेगरी घरमा नयाँ शंख ल्याएर लक्ष्मीलाई अर्पित गर्नाले लक्ष्मी प्रसन्न हुने प्रचलन रहेको छ ।

झाड़ू-घर शान्त, सफा साथै उज्यालो भएको अवस्थामा मात्रै लक्ष्मीको वास हुने मान्यता रहेको छ। यस कारण धनतेरसको दिन नयाँ झाडुले घर सफा गरेको शुभ हुन्छ । झाड़ू खरिद गरी कसैले नदेख्ने गरि नयाँ झाड़ूले घर सफा गरेमा लक्ष्मीको अनुग्रह मिल्न सक्छ।

नुन-धनतेरसको दिन नुन खरिद गर्ने कार्यलाई पनि धे’रै शुभ मानिन्छ । यस दिन खरिद गरिएको नुन प्रयोग गर्नाले स्वास्थ्य राम्रो हुने मान्यता रहेको छ भने नुन खरिद गर्दा कसैलाई नदेखाएको अझ प्रभावकारी हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु

पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव

स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

कमजोर बन्दै मनसुन हल्का वर्षा हुनसक्ने

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे