काठमाण्डौः वरिष्ठ प्राध्यापकलाइ त्रिभुवन विश्वविद्यालय जनप्रशासन विभागको प्रमुखमा नियुक्त गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै विद्यार्थी संगठनहरूले त्रिवि उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका छन् ।
एउटै ब्यक्तिलाइ दुइ संस्थाको प्रमुख बनाउन नहुने तथा विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलव्ध गराउनुपर्नृ माग गर्दै विदर्यार्थीहरूले विहिबार उपकुलपतिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सोही मागका विषयमा प्रमुख विद्यार्थी संगठन स्वतन्त्र विद्यार्थी यूनियन र नेपाल विद्यार्थी संघले नियुक्ती सच्याउन माग गर्दै बुधबार रजिष्टारको कार्यालयमा समेत तालावन्दी गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयमा नयाँ पदाधिकारीहरूको नियुक्तिमा प्राध्यापकले समेत असन्तुष्टी ब्यक्त गर्दै आएका छन् ।