सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा नेकपा बिप्लपले गर्‍यो चरणबद्ध संघर्षको घोषणा

२०७६ कार्तिक २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (बिप्लप) ले आफ्ना उच्च तहका नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा देशभर चरणबद्ध संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

नेकपा बिप्लप पार्टीका  मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग सहित  २१ जना नेता तथा कार्यकर्ताहरू गिरफ्तार गरेको विरोधमा सो पार्टीले देशभर संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

गोप्य सूचनाको आधारमा प्रहरीको बिशेष टोलीले दाङको राजापुर–४ मुंग्रेटा खोला स्थित चुरे जंगलमा नेकपा राप्ती ब्यूरोको बैठक बसिरहेको बेला उनीहरूलाई गत बिहीबार मध्यराती १ बजे नियन्त्रणमा लिएको थियो ।

पक्राउ पर्नेहरूमा प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवका दाजु समेत रहेका छ्न् ।

सरकारले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको बिरोधमा चरणबद्ध कार्तिक १७ गते सम्मका घोषित संघर्षका कार्यक्रमहरु यस्ता रहेका छ्न् :

– २०७६ कार्तिक ३ गते जुलुस र प्रदर्शन ।

– २०७६ कार्तिक ५ गते कोणसभा र पिंढीसभा ।

– २०७६कार्तिक ७ गते ओलीको पुत्ला दहन ।

– २०७६ कार्तिक ९ गते विरोध प्रदर्शन ।

– २०७६ कार्तिक १५ गते मसाल जुलुस ।

– २०७६ कार्तिक १७ गते आइतबार बिहान १००० बजेदेखि ११०० बजेसम्म एकघण्ट चक्का जाम गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नयाँ वर्षमा देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ: नेता पौडेल

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छःअध्यक्ष ओली

संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छः माधव नेपाल

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

प्रदेश सरकार गठनसम्बन्धी गतिविधिमा कांग्रेसको असहमति

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम गरे- काँग्रेस

म संबिधानको धारा अनुसार हिड्छु- मुख्यमन्त्री कार्की

सर्बदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको आग्रह

प्रदेशसभा बैठकमा कांग्रेस सहभागी नहुने

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर