सदाबहार खबरको रफ्तार ....
असोज २०, २०८१ आइतबार
October 6, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मंसिर १४ गतेको उपनिर्वाचन हड्ताल सहित बहिष्कार गर्ने नेकपा (माओवादी केन्द्र)को निर्णय

२०७६ कार्तिक २, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले मंसिर १४ गते हुने उप-निर्वाचनलाई हड्ताल सहितको बहिष्कार गर्ने निर्णय गरेको छ ।

शनिबार अनामनगर स्थित संवाद डबलीको सभाहलमा बसेको केन्द्रीय समितिको बैठकले आगामी मंसिर १४ गते हुने उप-निर्वाचनलाई हड्ताल सहित बहिष्कार गर्ने निर्णय गरेको सो पार्टीका महासचिब कर्णजित बुढाथोकीले बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय गौशालमा असोज ३० गते बसेको पदाधिकारी र कार्तिक १ गते अनामनगरमा बसेको पोलटब्युरो बैठकले तय गरेका एजेण्डालाई शनिवार बसेको केन्द्रि समितिको बैठकले टुंगो लगाएको हो ।

बैठकमा वर्तमान सरकारको पछिल्लो गतिविधीका बारेमा केन्द्रीय सदस्यहरुले रिर्पोटिङ गर्नुका साथै पार्टी सुदृढीकण र संगठन विस्तार गर्न नेतृत्व तहको ध्यानाकर्षण गरेका थिए । बैठकले वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओबादी), विप्लव नेतृत्वको नेकपा लगायतका क्रान्तिकारी शक्तिहरुसँगको एकतालाई मुल एजेण्डालाई पनि समर्थन गर्ने निर्णय गरेको जनाएको छ ।

गत असोज २ गते सरकारलाई दिइएको १८ बुँदा सहितको एक महिने अल्टिमेटम पत्रको सुनुवाई हालसम्म नगरेको कारण पनि उपनिर्वाचनलाई वहिष्कार गर्नु परेको बताइएको छ ।

तीन दिनसम्म चलेको बैठकमा राजनीतिक तथा वैचारीक बहस गरिएको र त्यसको निचोडमा आफूहरु लोकतान्त्रिक पद्धती र निर्वाचन विरोधी नभए पनि सरकारको फाँसिवादी गतिविधिले आफ्नो पार्टी उस विरुद्ध झन शसक्त हुँदै जाने पोलिटब्यूरो सदस्य एवं अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेका आलोक रायमाझीले बताएका छन् ।

गत असोज २ गते सरकारलाई बुझाएको १८ बुँदे मागहरूः

(१) साझेदारीको नयाँ नेपाल संस्थागत गर्न उत्पीडित वर्ग जाती क्षेत्र महोलाको संयुक्त राज्यसत्ता निर्माण तथा समाजवादी राष्ट्रिय एकीकरण पहल गरियोस् ।

(२) नेपालको राष्ट्रिय स्वाधीनता र आर्थिक आत्मनिर्भरताका लागि आजसम्मका संपुर्ण वैदेशिक ऋण खारेज गरि एक पैसा पनि बिदेशी ऋण नलिने राष्ट्रिय संकल्प गरियोस् ।

(३) गणतन्त्र नेपालको राष्ट्रिय आत्मनिर्णयको अधिकार कुन्ठित गर्ने आदिवासी समुदायका युबालाई बिदेशी सैन्य भर्तीमा लखेट्ने तथा नेपालको भूमि अंग्रेज भारतलाई सुम्पने सुगौली संधिबिरुद्ध टिष्टा काँगडा फिर्ता आन्दोलन गरियोस् । त्यस्तै गणतन्त्र नेपाललाई साम्राज्यवादी युद्धको दुस्चक्रमा फसाउने इन्डो प्यासेफिक रणनीतिमा संलग्नता तुरुन्त खारेज गरियोस् ।

(४) आयात निर्भर दलाल अर्थतन्त्रविरुद्ध राष्ट्रिय स्वाधिनताको आन्दोलन उठाएर व्यापार घाटा र महंगी अन्त्य गर्न परम्परागत बितरन्मुखी बजेट सिधाान्त खारेज गरी उत्पादनमुखी बजेट निर्माणको सार्वजनिक प्रतिवद्दता गरियोस् ।

(५) देशद्रोही दलाल भ्रष्टाचारी र बलात्कारिलाई मृत्युुदण्डको सजाय गरियोस् ।

(६) साम्राज्यवाद तथा बिस्तारबाद बिरुद्ध उत्पीडित रास्ट्रहरु र जनसमुहको पक्षमा संयुक्त राष्ट्र संघको बृहत्तर पुनर्संरचनाको दृढ पहल गरियोस् । नेपाली मुद्रासंग भारतिय मुद्राको सटही दर बराबरी कायम गरियोस् ।

(७) मजदुर श्रमिक कृषि श्रमिक र पुँजिपति बर्गको जनसंख्या ठोस गरी राज्यसत्ताको तिनै तहको प्रतिनिधिसभामा मजदुर जनसंख्या कृषि श्रमिक जनसंख्या र पुँजिपति जनसंख्या समानुपातमा समग्र बर्गीय निर्वाचन प्रतिनिधित्व प्रणाली सुनिस्चित गरियोस् ।

(८) समग्र वर्गीय प्रतिनिधित्व अन्तर्गत महिला र पुरुष जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अख्तियार गरियोस् ।

(९) समग्र वर्गीय प्रतिनिधित्व अन्तर्गत राष्ट्रिय अस्तित्वका जातिहरुको जनसंख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली निश्चित गरियोस् ।

(१०) मधेसी बाहुल्यताको प्रदेश नं २ सुदृढिकरण तथा त्यस बाहेक अरु छ प्रदेश बिघटित गरि पहिचान आधारित १४ प्रदेशको संघीयता कार्यान्वयन गरियोस् ।

(११) जननिर्वाचित राष्ट्रपति सरकार प्रमुख र जननिर्वाचित उपराष्टपति सर्वोच्च न्यायलय प्रमुख हुने शासकिय स्करुप निश्चित गरियोस् ।

(१२) शिक्षा स्वास्थ्य रोजगारी आवास तथा खाद्य प्रभुता सम्बन्धि नागरिकको मौलिक अधिकार कार्यान्वयन दायित्व स्थानिय सरकारमा प्रत्याभुत गरियोस् ।

(१३) ११ राज्यको सम्पूर्ण वार्षिक बजेटको ७० प्रतिशत स्थानीय सरकारमा हस्तान्तरण गरियोस् ।

(१४) साम्राज्यवादी तथा बिस्तारबादी खुला बजार अर्थतन्त्र नियन्त्रण गरि आम नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराईयोस् ।

(१५) क. नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विरुद्ध थोपरिएको असंवैधानिक प्रतिबन्ध तुरुन्त खारेज गरि त्यस पार्टीसंग राजनितिक ब्याबहार गरियोस् ।

(१६) मल्लिक आयोग र रायमाझी आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरि दोषी ठहर गरिएका जनआन्दोलनका अपराधीलाई कार्वाही गरियोस् ।

(१७) दास ढुंगा हत्या काण्ड र नारायणहिटि हत्याकाण्डको बैज्ञानिक छान्बिन गरि दोषिलाई हदैसम्मको सजाय गरियोस् ।

(१८) राज्यका बहालवाला र भूपू अधिकारीहरुलाई जनसाधारण बराबर सुबिधा तोकियोस भ्रष्ट र सुबिधा लम्पट अधिकारीलाई कार्वाही गर्न जनदिशा ऐन निर्माण गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेसको थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७८ सदस्य मनोनीत

आगामी चुनाव माओवादी केन्द्र एक्लै लड्ने अध्यक्ष प्रचण्डको घोषणा

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष दाहालको उद्घोष

विपद्को सामना गर्न क्षमता विस्तारमा जोड

‘प्रदेश सरकारले ६० प्रतिशत आयोजनाको ठेक्का आह्वान गरिसक्यो’

राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण रह्योः परराष्ट्रमन्त्री

राहत रकम उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण

रास्वपाद्वारा सरकारकाे ध्यानार्कषण

अध्यक्ष दाहालद्वारा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिसँग छलफल

बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड

बाढीपहिरो प्रभावितलाई गण्डकी प्रदेशले ५० लाख सहयोग गर्ने

बढीपहिरो पीडितलाई राहतसामग्री वितरण गर्न प्रतिनिधि परिचालित