सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतको पश्चिम बंगालको सीमामा १ भारतीय सुरक्षाकर्मी मारिए

२०७६ कार्तिक १, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ : भारतको पश्चिम बंगालको सीमामा बंगलादेशी फौजको आक्रमणबाट भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ ।

बंगलादेशी सीमा क्षेत्रमा भारतीय अर्धसैनिक सुरक्षाकर्मी माछा मार्न गएको अवस्थामा बंगलादेशी फौजको आक्रमणबाट तीन भारतीय मध्ये एकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छ्न ।

भारतीय सुरक्षाकर्मी बंगलादेशको नदी क्षेत्रमा अवैध रुपमा छिरेपछि बंगलादेशी सीमामा तैनाथ सुरक्षाकर्मीले आत्मरक्षाको लागि फायर गरि तीन भारतीयलाई नियन्त्रणमा लिएको थियो ।

घटनामा वरिष्ठ भारतीय सीमा सुरक्षा फौजका अधिकारी पुग्दा एकजना सुरक्षाकर्मी घाइते समेत भएका थिए । बंगलादेशी सुरक्षाकर्मीले विज्ञप्तिमा भारतीय फौजबाट आक्रमण भएपछि प्रतिरक्षाको लागि गोली चलाएको बताएको छ ।

पछिल्लो समय भारतको पश्चिम बंगालसँग जोडिने सीमा क्षेत्रमा अवैध रुपमा आफ्नो भूभागमा छिर्ने बंगाली आप्रवासीप्रति भारत कडा रूपमा प्रस्तुत हुँदै आएको छ ।

त्यसैगरी बंगलादेशले पनि सीमा क्षेत्रमा आफ्नो फौजलाई उच्च निगरानी गर्न राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छ्न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

के हो इजरायलको एयर डिफेन्स सिस्टम ?

सलमान खानको घर बाहिर गोली चल्यो

इजरायलमा इरानी आक्रमण

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा

पाकिस्तानी विद्रोहीको आक्रमणमा ११ जनाको मृत्यु

राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त

भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

बाइडेनले भने, ‘इरानले इजरायल माथी चाँडै आक्रमण गर्न सक्छ’

गाजा आक्रममा इजरायलले एआईको प्रयोग गरेको खुलासा

इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्‍यो युद्द अभ्यास