काठमाण्डौः राष्ट्रपति बिद्यादेबि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलिबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलिबिच मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा चीनियाँ राष्ट्रपती सीको नेपाल भ्रमण अत्यन्त सफल भएको प्रति राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलिलाइ धन्यबाद ब्यक्त गरेकी थिइन् ।
मंगलबार अबेरसम्म शितल निवासमा भएको भेटवार्तामा समग्र राष्ट्रिय घटनाक्रमको बारेमा छलफल भएको र राष्ट्रपती भण्डारीले नेकपा सचिवालय बैठकमा भएका छलफल र सभामुख निर्वाचन बारे चासो ब्यक्त गरेको बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भोली असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमणमा जाँदैछिन । प्रधानमन्त्रीले नियमित रूपमा राष्ट्रपतिलाइ भेटेर सरकारको कामकार्वाही तथा घटनाक्रमबारे अवगत गराउने गर्छन् ।