सदाबहार खबरको रफ्तार ....
बैसाख ८, २०८१ शनिबार
April 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तिहार अगावै मन्त्रिपरिषद फेरबदल गर्ने नेकपाको तयारी

२०७६ असोज २८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तिहार अगावै मन्त्रिपरिषद फेरबदल गर्ने तयारी गरेको छ ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पु्ष्पकमल दाहाल प्रचण्ड बीचको वान टु वान वार्ता र छलफलमा तिहार अगावै मन्त्रीपरिषद्  फेरबदल गर्ने तयारी गरेको हो ।

पछिल्लो समय पार्टीका तर्फबाट सभामुख भएका कृष्ण बहादुर महरा बलत्कार अभियोगमा प्रहरी हिरासतमा गएपछी अन्य धेरै नेताहरूको पनि पार्टीमा उजुरी परेको बताईन्छ ।

दुई तिहाइ सरकारको म्यान्डेट पाएको वर्तमान सरकार एक पछि अर्को विभिन्न आरोपमा मुछिएबाट पार्टीका नेताहरूलाई अनुशासनमा राख्नको लागी कडा कदम चाल्ने तयारी गरेको नेकपा स्रोतको दावी छ ।

यद्दपी परिस्थितमा ठूलै फेरबदल नआए वर्तमान सरकारका अधिकांस मन्त्रीहरू तिहारअघि नै सरकारबाट बाहिरिने करिब पक्का जस्तै भएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली नयाँ मन्त्रिपरिषदका सदस्यहरुको सपथ गराएर मात्र आगामी कात्तिक पहिलो साता हुने असंलग्न राष्ट्रहरुको बैठकमा सहभागी हुन अजरबैजान जाने मनस्थितिमा रहेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगत केही महिना अघि देखी मन्त्रिपरिषद पुनर्गठन तथा मन्त्रिहरू बेरफदल हुनसक्ने भन्दै विभिन्न कार्यक्रमहरूमा अभिब्यक्ती दिएपछि अध्यक्ष केपी शर्मा ओलीले नेकपाभित्रको आन्तरिक समीकरणका कारण तत्काल मन्त्रिपरिषद फेरबदल नगर्ने योजनामा रहेका थिए ।

पछिल्लो समय पार्टीका जिम्मेवार नेताहरू विभिन्न अभियोगमा फस्दै जाने र विपक्षीले सरकार बिरूद्ध मोर्चा कस्दै जाने भएपछी पार्टीमा छलफल चलाएर निर्णय लिने तयारीमा रहेको बालुवाटार स्रोतको दावी रहेको छ ।

सोही योजना अनुरूप नेकपाले मंगलबार बिहान सचिवालय बैठक आव्हान गरेको छ । बैठकमा चीनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको समिक्षा, सभामुख चयन मन्त्रीमण्डल पुनर्गठनलाइ पहिलो प्राथमिकतामा राखेको छ ।

स्रोतका अनुसार एकिकरण पश्चात बनेको सहमतिअनुरुप सरकारको नेतृत्व गर्ने बिषयमा प्रचण्डले आधा कार्यकालपछि सरकारको नेतृत्व परिवर्तन गर्दा राम्रो सन्देश जाने भन्दै भित्री लविङ्ग तिव्र पारेपनि अध्यक्ष ओली तत्काल मान्न तयार देखिएका छैनन् ।

यद्दपी प्रधानमन्त्रीले काम गर्न सहज ठानेका र जनताबाट आलोचित केहीलाई हटाउनुपर्नेमा प्रचण्डसँग बिचार मिलेपनी पूर्ववर्ती पार्टीका अन्य नेताहरूको दवाब र सुझाबका कारण तत्काल भइहाल्नेमा सन्देह रहेको नेकपा नेताहरूले बताएका छन् ।

यद्यपि जसरी भए पनि मन्त्रिपरिषद पुनर्गठन गर्ने भन्नेमा चाहिं दुवै नेता सहमत भएका छन् । पार्टी सचिवालय बैठकमा त्यसबारे गम्भिर छलफल हुने र निर्णयमा पुग्ने बालुवाटारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

झण्झटिलो प्रशासनिक सेवा र भ्रष्टाचार विकासका बाधकः राष्ट्रपति

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोतः राष्ट्रपति

राष्ट्रपति पौडेल तनहुँमा

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

राष्ट्रपति पौडेलद्वारा नयाँ वर्षको शुभकामना

इद पर्वले बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस : राष्ट्रपति पौडेल

सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना: राष्ट्रपति

युवापुस्तामा सकारात्मक भावना जाग्रित गर्नुछ: प्रधानमन्त्री

समुन्नत र समृद्ध नेपाल नै नेपालीको चाहना: राष्ट्रपति