काठमाण्डौं: भारतको उत्तर प्रदेशमा ग्याँस विस्फोट हुँदा २ तले घर भत्किएर १० जनाको मृत्यु भएको छ ।
सोमबार उत्तर प्रदेश राज्यको मऊ जिल्लास्थित एक घरमा खाना पकाउन प्रयोग गरीएको ग्याँस सिलिण्डर विष्फोट हुँदा २ तले घर भत्किएर १० जनाको मृत्यु हुनाको साथै १५ जना घाईते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा परेका परिवारहरुलाई समवेदना व्यक्त गर्दै घाइतेहरूलाई राहत र उपचारको व्यवस्था यथासीघ्र गर्न स्थानिय सरकारलाई निर्देशन दिएका छन् ।