सदाबहार खबरको रफ्तार ....
बैसाख ३, २०८१ सोमबार
April 15, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कोज्रागत पूर्णिमाको अवसरमा काँग्रेसद्धारा सानेपामा चियापानको आयोजना

२०७६ असोज २६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली काँग्रेसले विजयादशमी, दीपावली, छठ र नेपाल सम्वतको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

आईतबार अपरान्ह करिब तीन घण्टासम्म भएको चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, संवैधानिक अंगका प्रमुखहरु, निजामती कर्मचारीहरू र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सर्वसाधारणलाई शुभकामना दिन सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजबादी पार्टी संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, सुवासचन्द्र नेम्वाङ, रघुजी पन्त  लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

पार्टी स्रोतका अनुसार ५० हजारलाई निम्ता दिइएको चियापान कार्यक्रममा व्यवस्थापन गर्न करिब तीन सय स्वयम्सेवक परिचालन गरिएको थियो । अझ बढी स्वयंसेवक भिआइपी कार्यक्रमस्थलमा खटिएका थिए ।

चियापान कार्यक्रममा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरू पनि सहभागी भएका थिए ।

शुभकामना एवं चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेससँग लोकतन्त्रको लागि सँगै लडेको स्मरण गर्दै सम्बन्ध राम्रो भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीले भने, ‘साढे चार दशकभन्दा बढी लामो समयदेखिको लोकतन्त्रको सहयात्राले हाम्रो बीचमा एउटा गहिरो समझदारी र मित्रता कमसेकम लोकतन्त्रको लागि सँगै लड्ने र लोकतन्त्रको मूल्य मान्यतामा तलमाथि पर्न नदिने प्रतिबद्धता छ । त्यसकारण हाम्रो सम्बन्ध विगत ४५ बर्षदेखी निरन्तर राम्रो छ ।’

नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापान जस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्धारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा असम्भव भन्ने चिज नभएको भन्दै भविष्यमा राजनीतिले कोल्टे फेर्न सक्ने बताएका थिए । त्यसैगरी उनले दिवंगत नेता गिरजाप्रसाद कोइरालासंगको १२ बुँदे सम्झौतादेखि शान्ति सम्झौता र त्यसयता संविधान जारी गर्नेदेखि सरकार सञ्चालनसम्मको सहकार्यको व्याख्या गर्दै राजनीतिले फेरीपनि कोल्टे फेर्न सक्ने संकेत गरेका हुन् ।

सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको दाबी गरेका छन् ।

त्यसैगरी नेकपा बरिष्टनेताद्धय माधवकुमार नेपाल, झलनाथ खनालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल भएको दाबी गर्दै  शुभकामना सन्देश दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

एमाले चन्द्रपुरको अध्यक्षमा आचार्य

नियम होइन, नियत बदल्नुपर्छः नेता सन्तोष चालिसे

यस्तो छ जसपाको राष्ट्रिय महाधिवेशनको कार्यतालिका

एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायोः केपी ओली

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

त्रिविमा जस्तै मेरिटोक्रेसीको अवधारणा बाँकी ठाउँमा पनि अवलम्बन गर्छौं- प्रधानमन्त्री

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

एमाले संसदीय दलको बैठक बस्दैँ

नाउपाका दुई सांसदको मुख्यमन्त्रीमा दाबि, अब के हुन्छ ?

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थाल्योः एमाले सचिवालय बैठक

साना र मध्यम व्यवसायलाई पनि लगानी सम्मेलनले समेट्नुपर्छः पूर्वप्रम भट्टराई