सदाबहार खबरको रफ्तार ....
बैसाख २, २०८१ आइतबार
April 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूसँग छलफल

२०७६ असोज २३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपति सि जिनपिङ्गको नेपाल भ्रमणलाइ लक्षित गरी प्रधानमन्त्री निवाश बालुवाटारमा परामर्श गरेका छन् ।

आँउदो शनिबार हुने चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण गर्ने मिति सार्वजनिक भएपछी भ्रमणको एजेन्डामा छ्लफल गर्न र सुरक्षा ब्यबस्था मिलाउन पुर्वप्रधानमन्त्रीहरु लगायतको उपस्थितिमा बालुवाटार छ्लफल भएको हो ।

राष्ट्रपति सि को नेपाल भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले डाकेको छलफलमा पूर्व प्रधानमन्त्रीहरू, पूर्व परराष्ट्रमन्त्रीहरू, पूर्व राजदूत एवं परराष्ट्र मामिलाका विज्ञहरुसँग सहभागी रहेका छन् ।

संयुक्त छलफलमा प्रधानमन्त्री ओलीसँगै पूर्वप्रधानमन्त्रीहरूको हैसियतमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायत सहभागी छन् ।

यसैगरी पूर्व परराष्टमन्त्रीहरूको हैसियतमा सुजाता कोइराला, डा. प्रकाशशरण महत, रमेशनाथ पाण्डे, नारायणकाजी श्रेष्ठ, महेन्द्रबहादुर पाण्डे, लगायत छलफलमा सहभागी छन् ।

यसैगरी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनितिक सल्लाहकार बिष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ पनि उक्त छलफलमा सहभागी भएका छन् ।

उक्त छलफलमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सरकारलाई ६ बुदे सुझाव दिएका छन् ।

छलफल राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा उठाउने एजेण्डाबारे मुख्य बिषयबस्तुमा केन्द्रित रही छलफल चलाइएको थियो ।

कुनै मुलुकका राष्ट्रप्रमुखहरूको नेपाल भ्रमण हुँदा के कसरी व्यवस्थापन गर्ने र कसरी प्रस्तुत हुने भन्नेबारे धारणा माग्न पूर्वप्रधानमन्त्रीहरूसँग सल्लाह, छलफल गर्ने प्रचलन रहिआएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

राष्ट्रपति पौडेलद्वारा नयाँ वर्षको शुभकामना

इद पर्वले बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस : राष्ट्रपति पौडेल

सबै धर्मको अर्थ शान्ति, सहिष्णुता र बन्धुत्वको स्थापना: राष्ट्रपति

युवापुस्तामा सकारात्मक भावना जाग्रित गर्नुछ: प्रधानमन्त्री

समुन्नत र समृद्ध नेपाल नै नेपालीको चाहना: राष्ट्रपति

प्राविधिक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकताः राष्ट्रपति

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिएको राजिनामा स्विकृत

मन्त्रिपरिषद्को बैठक सकियो, यस्ता छन् निर्णयहरु

राष्ट्रपति पौडेलसमक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह पैदा भएको छ : प्रधानमन्त्री दाहाल

विकास निर्माणमा सबै एकजुट हुनुपर्छः राष्ट्रपति