काठमाण्डौ: आफुलाइ नेकपा बिप्लप समुह बताउने केहि ब्यक्तिहरूले काभ्रेको रोशी गाँउपालिका ३ का वडा अध्यक्षमाथि अपहरणको प्रयास गरेका छन् ।
गत सोमबार राती सवा १० बजेको समयमा घरमा सुतिरहेको बेला वडाअध्यक्ष धनजित लामाको अपहरण गर्ने उनीहरूले प्रयास गरेका हुन् ।
वडा अध्यक्ष लामाको भनाइमा राती सुतिरहेको बेला एक्कासी घरमा दुई जना अपरिचित ब्यक्तिले ढोका खोल्न आग्रह गरेको र त्यसपछी उनिहरुले आफु विप्लव समुहको कार्यकर्ता भएको बताएको र वडा कार्यालयमा आगजनी गर्ने समेत धम्की दिएको बताएका छन् ।
गाउँपालिकाका विभिन्न योजनाहरुमा धेरै भ्रष्टाचार गरेकोले हामीसँग हिड्न र अनुसन्धान गर्न दबाब दिएको वडाअध्यक्ष लामाले बताएका छन् । आफ्ना बाबुलाई धम्कि दिएको देखेर छोरी एलिसा लामाले गाँउलेसँग गुहार मागेपछि उनिहरु त्याहाँबाट फरार भएका थिए ।
घटना भएको केही बेरपछी राति नै वडाअध्यक्ष लामाले प्रहरी चौकी खहरेपाँगुमा पुगेर उजुरी दिएका थिए । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरू गरेको जनाएको छ ।
यद्दपी घटनामा संलग्न विप्लव निकट होकी होइनन् भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरी सहायक निरीक्षक सुवास बैठाले जानकारी दिएका छन् । नेकपा विप्लव समुहका सक्रिय स्थानीय नै अपहरणमा संलग्न भएको वडा अध्यक्ष धनजित लामाको आरोप रहेको छ ।